#

राष्ट्रिय खबर

जलाउन ठिक्क पारेको लास प्रहरी नियन्त्रणमा

धनगढी, ४ कात्तिक । मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव आज प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याइएको जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का अन्दाजी ४१ वर्षीय नारायण उपाध्याय बिहान घरको कोठामा मृत फेला

लोकमानको महाभियोगबारे गगन थापाले भने- ‘यो मौका हो, छाड्न हुँदैन’

काठमाडौं- नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाभियोगबारे आफ्नो स्पष्ट धारणा बनाउने भएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले एजेन्डा नभएपनि लोकमानविरुद्ध लगाइएको महाभियोगबारे धारणा राख्न आग्रह गरेका थिए। बैठकमा बोल्दै युवा नेता गगन थापाले यो मौका भएको बताएका थिए। ‘यो राम्रो मौका हो। यसलाई कुनै हालतमा छाड्न हुँदैन,’

मुसाबाट सर्ने टाइफसले कैलालीमा ४ जनाको मृत्यु

धनगढी- स्क्रव टाइफसको संक्रमणले सेती अञ्चल अस्पतालमा ४ जनाको मृत्यु भएको छ। मुसाबाट किर्नाले टोकेर मान्छेमा सार्ने स्क्रव टाइफसको संक्रमण कैलालीमा यो वर्ष अत्याधिक देखिएको छ। सेती अञ्चल अस्पताल मेडिकल वार्ड इन्चार्ज एशोदा ढकालका अनुसार स्क्रव टाइफसबाट ९६ जना प्रभावित भएका छन भने ४ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १८ फूलबारीका १६

दमकमा डेंगुको संक्रमण

कात्तिक ४, २०७३ दमक / पछिल्लो १५ दिन यता झापाको दमकमा रहेका दुई अस्पतालमा १९ जना डेंगु रोगका विरामी फेला परेका छन्। यस अघि पनि धरानमा उपचार गराउदै गरेका दमकका एकजनामा पनि डेंगु फेला परेको थियो ।   डेंगुका विरामीहरुमा झापाको तोपगाछी र दमक क्षेत्रका रहेको लाइफलाइन अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बाले जानकारी दिए। यस अस्पतालमा डेंगु रोगका ५

गोरखाका चार मेडिकलमा सिलबन्दी

गोरखा- जिल्ला प्रशासन कार्यालय गोरखाले बिहीबार गोरखा नरपालिका र पालुङ्टार नगरपालिका भित्रका चार वटा मेडिकलमा सिलबन्दी गरेको छ। गोनपा ३ को दुर्गा आयूर्वेदिक फर्मा, ९ को साकृति हेल्थ क्लिनिक, पानपा ९ बाह्रपिर्केको अमन मेडिकल सेन्टर र वडा नम्बर १० को उपकार प्याथोलोजी एण्ड मेडिकल हलमा सिलबन्दी गरिएको हो। औषधि ब्यवस्था विभागले दुई महिना अघि अनुगमन

माओ भन्छन्- नेपालमा लगानी गर्न चिनियाँ इच्छुक छन्

काठमाडौं, ४ कात्तिक । चीनको उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ इच्छुक रहेको बताएका छन् । यसका लागि लगानी संरक्षणको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । नेपालको विकास निर्माणमा चीन पर्याप्त सहयोग गर्न तयार रहेको उनले बताए । उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग भएको भेटवार्तामा मन्त्री माओले चीनले गरेको आर्थिक उन्नतिबाट नेपालले

आन्तरिक उडानमा डेढ दर्जन विमान थपिँदै

काठमाडौं, ४ कात्तिक । स्वदेशी वायुसेवा कम्पनीहरुले यसै वर्षभित्र आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमान थप्ने भएका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ४ वटा चिनियाँ जहाज थप्ने प्रक्रिया सुरु गरिसकेको छ भने निजी क्षेत्रका चार एयरलाइन्सले १३ वटा विमान थप्ने प्रक्रिया सुरु गरेका छन् । यती एयरलाइन्सले जेटस्ट्रिम विमानहरु विस्थापन गरेर एटीआर

१२ करोड भन्दा बढी हिनामिना गरेको आरोपमा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल पक्राउ

काठमाडौं । नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया हिनामिना गरेको आरोपमा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल बुधबार बालुवाटार ४ स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको छ । कम्पनी बाटै उजुरी परेपछि उनी प्रहरीकाे पक्राउमा परेका हुन । उनि बिरूद्ध दशै अघीनै कम्पनीले उजुरी दिएपनि प्रहरीले भने बुधबार मात्रै पक्राउ गरेकाे हाे । गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा

दुर्घटनामा परेका लामिछानेको मृत्यु

बेलबारी /  महेन्द्र राजमार्गअन्र्तगत कानेपोखरी र भाउन्ने बिचको सडकखण्डमा मंगलबार राति भएको दुर्घटनामा गम्भिर घाईते एक जनाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १३ प ७००४ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको १ च ७३३५ नम्बरको टाटा मोबाईल एक आपसमा ठोक्किँदा गम्भिर घाईते भएका बेलबारी ३ का

अख्तियारका सुराकी ठगीमा पक्राउ

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि सुराकीको काम गर्दै आएका एकजना सर्वसाधारणबाट करौडौं ठगेको आरोपमा पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी आरोपमा फरार रहेका वीरगञ्ज–१३ का मुञ्चुनप्रसाद बर्मालाई मंगलबार पक्रेको हो । प्रहरीका अनुसार बर्माले प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयोगसँगको निकटता देखाउदै वीरगञ्ज, काठमाडौं र ललितपुरका सर्वसाधारणबाट करौडौं रकम उठाएका हुन ।