राष्ट्रिय खबर

दसैं आयो, चामल आएन

जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैं आएँ। नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैं–तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, गाउँमा

सप्तरीमा छुट्टाछुट्टै ठाउँमा पानीमा डुबेर तीन जनाको ज्यान गयो

सप्तरी – सप्तरीमा पानीमा डुबेर एकैदिन तीन जनाको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका, तिलाठी कोईलाडी र महादेवामा गरी तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नुहाउने क्रममा खडक नगरपालिका ८ मुसहरनियाका राजेशकुमार चौधरीकी छोरी ३ वर्षकी एलिजाकुमारी, कपडा धुने क्रममा तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका भतो मंसुरीकी छोरी १२

वि.सं. २०७८ आश्विन ०६ गते बुधवारकाे राशिफल, श्री गणेशकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ आश्विन ०६ गते बुधवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, चन्द्रास्त : बिहान ०७:३२ बजे र चन्द्रोदय : साँझ ०६:५२ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय

भद्रपुरसहित सबै सीमानाका खुला गर्ने सरकारकाे निर्णय

झापा । सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माधव नेपालको हैसियत चुनावमा देखिनेछ : बास्कोटा

पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफ्नो नफुटेको दाबी गर्दै केही स्वार्थी नेताहरू मात्र पार्टीबाट अलग्गिएको बताएका छन् । उनले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताउँदै विगतमा उनलाई कुनै काँग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको जिकिर गरेका हुन् । ‘माधव नेपालको पार्टीको हैसियत आउँदो चुनावमै देखिन्छ,’

भारतीय तस्करको आक्रमणबाट सशस्त्र प्रहरी घाइते

झापा । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, तीन जना प्रहरी घाइते

कञ्चनपुर – कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल

सोह्र श्राद्ध आजदेखि सुरु, पितृऋणबाट मुक्ति पाउने विश्वास

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो । कतै

जनकपुरमा जमेकी हिमानी : छात्रासँगै बेन्चमा बसेर भनिन्, ‘मलाई पनि म्याथ र साइन्स गाह्रो भएको थियो’

पूर्व युवराज्ञी हिमानी शाह आइतबार जनकपुरधाम पुगेकी छिन् । हिमानी ट्रस्टले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । जनकपुरधाम पुगेसँगै उनले आइतबार नै जानकी मन्दिरमा विशेष पूजा आराधना गरेकी छिन् । पूजा आराधनाका लागि विशेष प्रबन्ध मिलाइएको थियो । आफ्नो संस्था हिमानी ट्रष्टको तर्फबाट हिमानीले त्यहाँको सकल भवन कन्या माध्यमिक विद्यालयमा

दशैँ, तिहार र छठलगायतका पर्व लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

काठमाण्डाै – नजिकिँदै गरेको दशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज साेमवार सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको