#

राष्ट्रिय खबर

दाइजोमा जग्गा माग्दै यातना, युवतीद्वारा आत्महत्या

जनकपुरधाम । कोरोना महामारीको बीचमा एक युवतीले विवाह गरेको दुई वर्ष पनि नबित्दै आत्महत्याको बाटो रोज्नुपरेको छ । घरमा दिनहुँ दाइजोमा जग्गा माग्दै विभिन्न किसिमले यातना दिइरहेकै कारणले २२ वर्षीया कल्पना ठाकुरले आत्महत्या गरेको उनको परिवारको आरोप छ । गत मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित विद्यापती चोकमा रहेको घरमा मृत्त पाइएकी कल्पनालाई आत्महत्या गर्नका

भारतीय मिडियाको दुष्प्रचारविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत ‘प्रोटेस्ट नोट’ पठाएको हो । पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको जनाईएको छ ।

खोलाले बगाएर २ को मृत्यु २ बेपत्ता

झापा/सुनसरी,असार-२८ गते । झापा र सुनसरीमा खोलाले बगाउदा दुई जनाको मृत्यु भएको छ भनि दुई जना बेपत्ता भएका छन । हिजो साढे २ बजे झापा गाउँपालिका-५ बस्ने ३५ बर्षीय राजेश गणेशको खोलाले बगाएर मृत्यु भएको हो । मलामी गएको बेला बिरीङ खोलामा पौडी खोल्ने क्रममा डुबेर बेपत्ता भएका राजेशलाई खोजी गर्ने क्रममा हिजो बेलुका साढे ७

डुबानमा परेको ९५ घरका ४५० जनाको उद्धार

मोरङ,असार-२८ गते । आज दिउसो साढे १२ बजे मोरङको बिराटनगर-१६ स्थितमा रहेको दरैया बस्तीमा रहेका ६५ घरमा केशलिया खोलामा आएको बाढी पसी क्षती भएको हुदा सो घरहरुमा रहेका ३०० जना मानिसहरुलाइ उद्वार गरी बिराटनगरको रानीमा रहेको मिल्स मा.बि.मा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसै गरी बिराटनगर-१२ स्थित बखरी एरियामा रहेका ३० घरमा केशलिया

विभिन्न मुलुकबाट ९ सय ७९ नेपाली फिर्ता

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २ सय ६२ र दुई बच्चा, बहराइनबाट १ सय ४४ यात्रु ल्याएको छ। हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४, क्वालालम्पुरबाट १ सय ५६ र मनिलाबाट १ सय

झापामा नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने गिरोह पक्राउ

भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले एक लाख ४४ हजार भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कनकाइ नगरपालिका–३ सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाइ नगरपालिका–४ का २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका–५ निवासी २४ वर्षीय

‘भारतीय न्युज च्यानलमाथिकाे प्रतिबन्ध तत्काल हट्दैन’

काठमाण्डाै – भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम

दमकबाट ३२ जनाको स्वाव परीक्षणका लागि विराटनगर पठाइयो

दमक। झापाको दमकबाट आज ३२ जनाको स्वाव पिसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । जसमा २४ जना पुरुष र ८ जना महिला छन् । स्वाव पठाइएकामा दमकको मानसरोबर क्वारेन्टाइनका १६ जना, महिला क्वारेन्टाइनका ३ जना र अस्पतालका ७ जना छन् । त्यस्तै होम क्वारेन्टाइनका ६ जना छन् । अस्पतालका ७ जना मध्ये ४ जना पुरुष

कन्काइ नदीमा आएको बाढीले शिवसताक्षीका ९ परिवार विस्थापित, शिवगञ्ज बजार क्षेत्र ढुवान

दमक। लगातारको वर्षासँगै झापाको कन्काइ नदिमा आएको बाढीका कारण शिवसताक्षी नगरपालिकाका ९ घर परिवार विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्माले कन्काइमा आएको बाढीले वडा नम्बर १० का ९ घरपरिवार विस्थापित भएको बताउनु भयो । वहाँका अनुसार शिवसताक्षीको वडा नम्बर ६ को पुरानो शिवगञ्ज बजार क्षेत्रमा पनि कन्काइको पानी पसेका कारण ढुवान

पीसीआर ल्याब निर्माणका लागि दमकबाट ६ लाख ५१ हजारबढी सहयोग

दमक। झापामा निर्माण गरिदै आएको पीसीआर परीक्षण ल्याबका लागि झापाको दमकबाट एकैदिन ६ लाख ५१ हजार ९५ रुपैयाँ सहयोग गरिएको छ । आइतबार दमकमा आयोजना गरिएको पिसीआर ल्याबका लागि रकम हस्तान्तरण कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । झापा जिल्ला सहकारी संघको आयोजनामा गरिएको सो कार्यक्रममा एकका लागि एक अभियानका लागि सो रकम हस्तान्तरण गरिएको