राष्ट्रिय खबर

चट्याङ लागेर एकको मृत्यु, १० जना घाइते

दोलखा, ४ असोज । मंगलबार दिउँसो करिब २ बजे चट्याङ लागेर यहाँ एक व्यक्तिको मृत्यु भएको छ । दोलखा जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलमी गएका स्थानीयवासी ३५ वर्षिय मान बहादुर कार्कीको चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको हो । चट्याङमा परी अन्य १० जना घाइते भएका छन् । घाइते हुनेमा तुलबहादुर जिरेल, गणेश

बस ठोक्किदा २४ जना घाइते, ४ को अबस्था गम्भिर

तनहु , ४ असोज । तनहुँमा दुईवटा बस एक आपसमा ठोक्किदा २४ जना यात्रु घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ४२०९ बस र विपरीत दिशामा गुडिरहेको ना ५ ख ७१६९ नम्बरको बस अपराह्न ४ बजे व्यास नगरपालिका–८ कन्टारमा एकापसमा ठोक्किँदा २४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

पानीमा डुवेर छ जनाको मृत्यु

भक्तपुर, ४ असोज । पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ । काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष चार महिनाको छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी

मजदुरको तलब न्यूनतम १९ हजार लागू गर्न माग

काठमाडौं, ४ असोज । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले श्रमिकहरुको तलब न्यूनतम १९ हजार लागू गर्न सरकारसँग माग गरेको छ । जोखिमपूर्ण शारिरीक श्रम गर्ने मजदुरको तलब दैनिक ३ सय ९५ रुपैयाँ मात्रै रहेको भन्दै महासंघले श्रमिकहको तलब तुरुन्त बढाउन माग गरेको हो । सरकारी कार्यालयको कार्यालय सहयोगीको मासिक

निजी विद्यालयबाट चन्दा उठाउन बम आतंक

काठमाडौं, ४ असोज । काठमाडौंका निजी विद्यालयहरुबाट चन्दा उठाउनकै लागि बम आतंक फैलाइएको प्रहरीले जनाएको छ । मंगलबार विहान राजधानीका आधा दर्जन निजी विद्यालयमा वम आतंक फैलिएको थियो । संगठनको नामबाट आर्थिक लाभ लिने उद्देश्यले वम आतंक मच्याएको प्रहरीले दाबी गरेको छ । नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्सको नाममा पर्चासमेत फालेर

अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा सामेल नहुने

काठमाडौँ, ४ असोज । सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा अस्थायी शिक्षकले आफूहरु सामेल नहुने जनाएका छन् । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले शिक्षा ऐन (आठौँ संशोधन) अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुने जानकारी गराए । ‘ऐनमा शिक्षक सेवा आयोगले प्रकाशन गर्ने आन्तरिक विज्ञापन अगाडिसम्म तोकिएको सुविधा लिने वा

सानेपास्थित रेडियन्ट स्कूलमा प्रेसरकुकर बम फेला

काठमाडौं, ४ असोज । ललितपुरको सानेपामा रेडियन्ट रिडर्स एकेडेमीमा बम भेटिएको छ । स्कूलको गेटमा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । बम डिस्पोज गर्न सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरी प्रभाग सानेपाले जनाएको छ । सानेपा आसपासमा गाडी र सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएको छ । बम राखिएको ठाउँमा एउटा पर्चा पनि भेटिएको छ

प्रहरीलाई गुन्डाको ७० लाख

काठमाडौं, ४ असोज । गुन्डा र प्रहरीबीचको कनेक्सन कति बलियो हुँदो रहेछ भन्ने कुरा हालैको एउटा घटनाले देखाएको छ । गुन्डागर्दीकै भरमा ठेक्कापट्टा गर्दै आएका एक गुन्डाले एउटै ठेक्काबाट प्रहरीलाई ७० लाख रुपैयाँ बुझाएको दृष्टि साप्ताहिकमा खबर छ । डन दीपक मनाङ्गेको दाहिने हातका रुपमा चिनिने उमेश लामा यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंको खोरमा छन्

किन तात्यो अख्तियार ?

काठमाडौं, ४ असोज ।अख्तियार प्रमुख लोकमानसिंह कार्की यतिबेला चर्चाको शिखरमा छन् । कार्की चर्चामा आउनुका दुई कारण छन् । एक सर्वोच्च अदालतले उनको नियुक्तिको विषमा परेको रिटमाथि गरेको पुनरावलोकन हो भने अर्को कारण उनी आफैं भएको दृष्टि साप्ताहिकमा खबर छ । सर्वोच्च अदालतले उनीविरुद्ध परेको रिटमाथि पुनरावलोकन गर्दै नियुक्तिको संवैधानिक हैसितमाथि प्रश्न उठाएकै दिन कार्कीले

ट्याक्सीले मन्त्रीलाई नै ठग्न खोजेपछि…

कठमाडौं, ४ असोज । अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीचालकले पर्यटकलाई ठग्ने गुनासो बढेपछि आइतबार राति पर्यटनमन्त्री जीवनबहादुर शाहीले छड्के गरेका छन् । पर्यटककाे भेषमा विमानस्थलदेखि ठमेलसम्म ट्याक्सी चढेका उनलाई पनि चालकले ठग्न खोजेको आजको नयाँ पत्रिकामा खबर छ । दौरा सुरुवाल लगाएर झन्डावाल गाडीमा राति विमानस्थल पुगेका मन्त्री शाही सीधै भिआइपी कक्षको भित्री कोठामा पसे । र,