#

अन्तराष्ट्रिय

उड्दै गरेको विमानको दुवै इन्जिनमा चरा फसेपछि आकस्मिक अवतरण (भिडियो)

काठमाडौं – रुसको एक यात्रुवाहक विमानका दुवै इन्जिनमा चराको बथान पसेर बन्द भएपछि विमानको आकस्मिक अवतरण गराइएको छ । युराल ए३२१ विमान मस्कोको झुकोव्स्की विमानस्थलबाट बिहीवार बिहान उड्दा चराहरू ठोक्किन आइपुगेका थिए । चरा ठोकिएका कारण एउटा इन्जिनमा आगो लागेको थियो अनि अर्को बन्द भएको थियो । विमानमा २२६ यात्रु र सात विमान कर्मचारी थिए ।

गयो भूकम्प

टोकियो- जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ ।   यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ । जापान भूकम्पको

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसंग युद्धका लागि तयार रहेको दिए चेतावनी

एजेन्सी, ३० साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको चेतावनी दिएका हुन् । उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको जिकिर गरे । प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री

सिक्किममा पवन चामिलिङ माथि यति ठुलो बज्रपात

एजेन्सी । सिक्किमको राजनीतिमा मंगलबार ठूलो उथलपुथल देखियो । अढाई दशकसम्म सिक्किममा शासन गरेको पवन चामिलिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)का १० विधायक भाजपामा प्रवेश गरे ।  मंगलबार नयाँ दिल्लीको भाजपा मुख्यालयमा महासचिव राम माधवको उपस्थितिमा एसडीएफका १० विधायक भाजपामा प्रवेश गरेका हुन् । भाजपा प्रवेश गर्नेहरुमा पाँच पटकका विधायक दोर्जी छिरिङ लेप्चाका अतिरिक्त डीआर थापा,

धोनीले गरे सेकेण्ड हेण्ड कार बेच्ने कम्पनीमा लगानी, ब्राण्ड एम्बेस्डर बन्ने

नयाँ दिल्ली । क्रिकेटबाट विदा लिएर भारतीय सैनिकहरुसँग तालिम लिइरहेका धोनीले नयाँ व्यापारमा हात हालेका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार, भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सेकेण्ड हेण्ड कार बेच्ने कम्पनीमा लगानी गरेका हुन । सेकेण्ड हेण्ड कारको व्यापार गर्ने कम्पनी कार्स२४ मा धोनीले लगानी गरेको कम्पनीले विज्ञप्ती जारी गरेर जनाएको

जिउँदो मानिसलाई निल्यो विद्युतीय भर्‍याङले (भिडियो)

काठमाडौं – टर्कीको इस्तानबुलमा रहेको एक व्यस्त मेट्रो स्टेसनमा एकजना व्यक्तिलाई विद्युतीय भर्‍याङले निलिदिएको छ । च्यानल फाइभमा प्रसारित कार्यक्रम ईटन बाई यान एस्केलेटरमा उक्त घटनाको डरलाग्दो भिडियो देखाइएको छ । दिनदिनै प्रयोग गरिने यन्त्रहरू नियन्त्रणबाहिर गएपछि कसरी अव्यवस्था हुन्छ भन्ने कुरा वृत्तचित्रमा देखाइएको छ । इस्तानबुलमा यात्रुहरूले बन्द भएको एस्केलेटरलाई सामान्य भर्‍याङ जस्तै गरी चढिरहेको बेलामा

दिल्ली एयरपोर्टलाई बचाउन सके बचाउ भनेर धम्कीयुक्त फोन आएपछि….

दिल्ली एयरपोर्टमा सोमबार एउटा फोनले दिल्ली पुलिसलाई समस्यामा पार्यो । टर्मिनल–२ मा एक व्यक्तिले बेलुकी ८ बजेर ४९ मा दिल्ली पुलिसलाई एयरपोर्टलाई बचाउन सके बचाउ भन्ने धम्कीयुक्त फोन आयो । फोन राखेलगत्तै अनुुसन्धान सुरु भयो र केहीबेरमै फोन गर्ने व्यक्तिको पहिचान गरियो । पक्राउ परेका व्यक्तिले फोन गरेको अस्विकार गरे । पुलिस अनुसन्धानमा जुटेको छ

अमेरिकी बालस्याहार केन्द्रमा आगलागी, ५ जनाको ज्यान गयो

वासिङ्टन– अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार घटनाका बारेमा उनीहरुले थप अनुसन्धान गरिरहेका छन् । पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएका जनाइएको छ । स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनले मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि सात बर्षसम्मका

भीरबाट लडेर अप्ठ्यारो ठाँउमा अड्किएको गाँइको हेलिकप्टरबाट उद्धार

साउन २६, २०७६ काठमाडौं – इटलीको काम्पानिया क्षेत्रमा रहेको भोल्टुरारा इर्पिना शहरमा रहेको पहाडमा भीरबाट लडेर अप्ठ्यारो ठाउामा अड्किएको एक गाईलाई उद्धारकर्ताहरूले उद्धार गरेका छन् । निकै मिहिन योजना बनाएर चलाइएको कारवाहीमा इटलीका आपतकालीन उद्धारकहरूले गाईलाई हेलिकप्टरमा बाँधेर सुरक्षित स्थानमा ल्याउन सफल भएका थिए । उद्धारको भिडियो सार्वजनिक भएको छ । भिडियोमा अग्निनियन्त्रकहरूको एक समूह

६० जनाको घटनास्थलमै ज्यान गयो, ७० भन्दा बढी जलेर घाइते पेट्रोल ट्याङ्कर विस्फोट हुँदा

दार एस सलाम / पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ । प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते