#

राष्ट्रिय खबर

झापाको कमल गाउपालिकामा सुतेकै ठाउँमा हात्तीले ज्यान लियो

दमक । झापाको दमकसगै जोडिएको कमल गाउँपालिका वडा नम्बर ५ मा जंगली हात्तीले सुतेकै ठाउँमा आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । आज बिहान पाडाजुङीबाट करीब २ किलोमिटर उत्तर तर्फको बस्तीका अन्दाजी ६० बर्षका रोहित रेग्मीको ज्यान गएको स्थानीय दिनेश अधिकारीले जानकारी दिए । उनका अनुसार बस्तीबाट उत्तर चुलाचुलीस्थित जङ्गलबाट ३ वटा हात्ती गाउँ

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री कार्की होम क्वारेन्टाइनमा

दमक। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की होम क्वारेन्टाइनमा बस्नु भएको छ । यही साउन १४ गते प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्रीलगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए । देशमा प्रहरी व्यवस्थापन सम्बन्धमा काठमाण्डौंमा भएको छलफलमा सहभागी प्रदेश नं. २ का

चिन्ताजनक अवस्थाका बिरामीलाई नयाँ जिवन दिँदै दमकको एड्भान्स अस्पताल

दमक साउन २२/ दमक क्षेत्रका जटिल प्रकारका बिरमीहरुले उपचारको लागी बिराटनगर अथवा धराउनु पर्ने बाध्यता अब हट्दै जान थालेको छ । दमकको एड्भान्स अस्पतालको दक्ष चिकित्सक र अत्याधुनिक प्रबिधिका कारण यहाँ उपचार गराउन आउने बिरामीले अन्यत्र धाउनु पर्ने बाध्यता हट्न थालेको हो । चिन्ताजनक अवस्थाका बिरामीहरुको समेत सफल उपचार गरी नागरिकको मन जित्दै आएको एड्भान्स

‘भदौ १ बाट अन्तर्राष्ट्रिय उडान र लामो दूरीका यातायात खोल्ने परिस्थिति बनिसकेको छैन’

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय हवाइ उडान र लामो दूरीका यातायात खोल्ने परिस्थिति बनिनसकेको जनाएको छ । केही दिनमा सीसीएमसीको बैठक बसेर यसबारे निर्णय लिइने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले अहिले नै

प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण देखिएपछि प्रदेश १ का कानून मन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् । केही दिन पहिले संघीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नं. २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उनी होम

कस्तो अचम्म ? कर्णाली प्रदेशको टेलिकम कार्यालय अर्कै प्रदेशमा !

संघीयता कार्यान्वयनसँगै कर्णाली प्रदेशको छुट्टै अस्तित्व छ, प्रादेशिक कार्यालयहरू स्थायी राजधानी सुर्खेतमा स्थापना भएका छन् । तर एउटा अचम्मको कुरा छ, कर्णाली प्रदेशको टेलिकम कार्यालय भने अर्कै प्रदेशमा खोलिएको छ । प्रदेशको कार्यालय प्रदेशभित्रै खोलिनुपर्ने भए पनि टेलिकमले भने कर्णालीको कार्यालय ५ नम्बर प्रदेशको बाँकेमा खोलेको छ । नेपालगञ्जस्थित टेलिकमको भव्य कार्यालयबाहिर बोर्ड झुण्ड्याइएको छ

गर्भवतीलाई हेलिकप्टरद्वारा उद्धार

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहान ८ बजेदेखि भर्ना गरिरहेकी ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका

पोखरामा आइसोलेसन भरिएपछि संक्रमितलाई घरमा नै बस्न सुझाव

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गर्दा पोखरामा आइसोलेसन वार्ड भरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा आइसोलेसनको लागि बनाइएको ४० बेड भरिएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन् । आचार्यका अनुसार अहिलेको अवस्थामा थप संक्रमितलाई अस्पतालमा राख्ने अवस्था छैन । प्रदेश सरकारले कोरोना तयारीको ठुलाठुला हल्ला गरे पनि त्यसको तयारी भने गरेको देखिँदैन

प्रहरी हेडक्वार्टरमा थपिए १० कोरोना संक्रमित

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी हेडक्वार्टरमा ८५ संक्रमित पुगेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गर्दै भने, ‘संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको छ ।’ हाल नेपालभर ३१९ जना प्रहरी कोरोना

झापाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

दमक। झापाका थप ८ जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुने सबै मेचीनगर नगरपालिकाका हुन् । मेचीनगरबाट ८४ जनाको स्वाब संबलन गरी पठाइएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगरका फोकल पर्सन नविन बरालले सवाल नेपाललाई जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा ७ पुरुष र एक महिला छन् ।