#

राष्ट्रिय खबर

ग्यास लिक भएर आगलागी हुँदा एकजनाको मृत्यु

विराटनगर । ग्यास लिक भएर आगलागी हुँदा विराटनगरमा एकजनाको मृत्यु भएको छ । विराटनगर–२ शनिहाटमा ग्यास लिक भएर आगलागी हुँदा अन्दाजी ७० वर्षीय वृद्ध जयप्रसाद दाहालको मृत्यु भएको हो । काठमाडौं बसोबास गर्दै आएका दाहाल केही दिनअघि विराटनगर आएका थिए । घरमा एक्लै बस्दै आएका उनको आइतबार बिहान घरभित्र जलेको अवस्थामा शव भेटिएको हो ।

इन्जिन ‘स्टार्ट’ भएकै अवस्थामा चालक ओर्लिदा बस खोलामा खस्यो, एक जनाको मृत्यु

लमजुङ । लमजुङको पाउदीमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको

कुस्तीमा ऐतिहासिक स्वर्ण : आमाको नाम लेख्नुस्, दोस्रो बिहे गरेका बाबुको नाम नलेख्नुस्

सीता जन्मभूमि जनकपुरमा शनिबार अर्को इतिहास बन्यो, १९ वर्षीया संगीता धामीले फाइनलमा बंगलादेशकी सर्केररिमलाई हराएर कुस्तीको ५५ केजी तौल समूहमा स्वर्ण जितिन् । सागमा नेपाली खेलाडी कुस्ती च्याम्पियन बनेको यो पहिलो अवसर हो । ‘संगीतामा केही गरेर देखाउने भावना थियो । मैले पहिल्यै भनेको थिएँ कि तिमीले जित्नेछौ, तिमीले देखाउनेछौ,’ प्रशिक्षक ब्रह्मदेव यादवले भने, ‘उनले

मेची अस्पतालमा डाक्टर छैन, घण्टौं लाइन लाग्नु पर्दा बिरामीलाई समस्या

झापा । दरबन्दीका आधा डाक्टर पनि नहुँदा मेची अञ्चल अस्पतालका बिरामीलाई उपचार सेवा पाउनै मुस्किल भएको छ । उनीहरू घण्टौं लाइन बसेपछि मात्र डाक्टर भेटन पाउँछन । अञ्चल अस्पतालमा दैनिक ५ सयभन्दा बढी बिरामी आउने गरेका छन् । २८ जना डाक्टरको दरबन्दी रहेकोमा अहिले १३ जनाले मात्र सेवा दिइरहेको अस्पतालका रेकर्ड अधिकृत मनोजकुमार पोखरेलले जानकारी दिए । ६ जना

८ एसपी र २१ डीएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले ८ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन जीसीलाई स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय, सर्लाहीका गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानुन शाखा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाहीमा सरुवा गरिएको

सागमा आएका १३ श्रीलंकाली खेलाडीलाई डेंगु, आइसियूमा राखेर उपचार हुँदै

१३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो । डेंगु

मध्यरातमा इटहरी स्थित सूर्य कम्प्लेक्समा भिषण आगलागी

इटहरी / इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा भिषण आगलागी भएको छ । सूर्य कम्प्लेक्स स्थित हाेटल बिगबारबाट राति १ बजेबाट सुरू भएकाे अागाे नियन्त्रण प्रसाय जारी रहेकाे छ । आगोबाट हाेटल बिगबार पूर्ण रूपमा जलेर नष्ट भएकाे छ भने तल्लाे तलामा रहेकाे ग्लोबल आइएमइ बैंक समेत असुरक्षित रहेकाे छ । आगोको मुस्लो देखिएपछि स्थानीय,

अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ मा शनिबार साँझ भएको अटो घटनामा गरी ५ जानको मृत्य हुनेका साथै ६ गम्भीर जना घाइते छन् । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ। राप्ती नगरपालिका-४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गइरहेको

शान्तिनगर गाउँपालिका –४ वडा सदस्यको मृत्यु

दाङ । दाङका एक वडा सदस्यको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं ४ का वडा सदस्य पुनीराम कामीको लामो समयदेखि खुट्टाको बिरामी भएर आज बिहान ८१ वर्षका उमेरमा निधन भएको हो । उन तत्कालीन नेकपा(एमाले)का तर्फबाट वडा सदस्य निर्वाचित भएको थिए । कामी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट शान्तिनगर – २ का वडाध्यक्षसमेत

बसको ढोकामा उभिएर चुरोट खाँदा खसेर यात्रुको मृ त्यु

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृ त्यु भएको छ । कांकडभिट्टाबाट काठमाण्डु आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।