#

राजनीति

गौरीगञ्ज गाउँपालिकालाई १४ सय माक्स र सेनिटाइजर सहयोग

गौरिगञ्ज। झापाको गौरीगञ्ज गाउँपालिकालाई १४ सय माक्स र केहि ह्याण्ड सेनिटाइजर सहयोग गरिएको छ । गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठलाई जुरोपानी गाविस वडा नम्बर दुईका पुर्व वडा अध्यक्ष भुवन प्रसाद घिमिरे र समाजसेवी सुमन कार्कीले आज अध्यक्षको कार्यकक्षमै हस्तान्तरण गर्नु भएको हो । कोरोना भाइरस संक्रमबाट गाउँपालिका बासीलाई बचाउने गाउँपालिकाको कार्यमा थप सहयोग पुगोस भनेर सो

नेकपा फुटको नजिक पुगेपछि विभाजन रोक्ने पहलहरु शुरु, प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटको नजिक पुगेपछि विभाजन रोक्ने पहलहरु शुरु भएको छ । यो प्रयास स्वरुप दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्छ । यसअघि दुई नेताबीच विवाद हुँदा पनि

राष्ट्रपति र प्रधानमन्त्री दुवैले अध्यादेश आउँदैन भन्नुभएको छ : प्रवक्ता श्रेष्ठ

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल अध्यादेश नआउने बताउनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकमा संसद् अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन गर्नेसम्बन्धी अध्यादेश ल्याउन खोजेको आशङ्का गरिएको थियो । त्यही सन्दर्भमा अहिले नै अध्यादेश ल्याउनु अवस्था नभएको भन्दै अनुरोध गर्न अध्यक्ष प्रचण्ड राष्ट्रपतिसमक्ष जानुभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो

प्रधानमन्त्री ओली बैठकमा उपस्थित नभएपछि नेकपाको स्थायी समिति बैठक रोकियो

काठमाण्डौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक केहीबेरका लागि रोकिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा नआएपछि अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए। बैठक सुरु भएको केही समयसम्म पनि प्रधानमन्त्री ओली बैठकमा बैठकमा उपस्थित नभएपछि केहीबेरका लागि बैठक स्थगित गरिएको हो।साथै  बैठक रोकिएपछि अहिले ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव

संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाण्डौं। मन्त्रीपरिषद् बैठकले संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रीपरिषद्को सिफारिस अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने श्रोतले बतायो । मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रीपरिषद् बैठक राखी यस्तो निर्णय गराउनु भएको हो।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाण्डौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार मन्ध्यान्ह आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनु भएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रिपति भण्डारीलाई भेट्न शीतलनिवास पुग्नु भएको हो। शीतलनिवासमा केहीबेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल भएको स्रोतले बतायो। अहिले प्रधानमन्त्री ओली बालुवाटार फर्किसक्नु भएको र मन्त्रिपरिषद बैठक सुरु हुन लागेको श्रोतले बतायो

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मुलुकको संमसामयिक विषयमा छलफल गर्न केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र कोरोना भाइरस संक्रमणको अवस्थालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।  

केहीबेर बसेर नेकपा बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार केहीबेर बसेर स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन

प्रधानमन्त्री ओली संकटमा, आफू निकटकालाई छलफलका लागि बालुवाटार बोलावट

काठमाडौं। प्रधानमन्त्री केपी ओली संकटमा पर्नु भएको छ । स्थायी समिति बैठकमा वहाँको चर्को आलोचना र राजीनामा माग गरेसँगै ओली संकटमा पर्नु भएको हो । सोहि कारण प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभएको छ । हिजोको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र

पीसीआर परीक्षणको दायरा बढाउन कांग्रेस द्धारा स्वास्थ्यमन्त्री ढकालको ध्यानाकर्षण

काठमाडौं। नेपाली कांग्रेसले पीसीआर परीक्षणको दायरा बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले आज स्वास्थ्यमन्त्री ढकाललाई भेटेर ध्यानाकर्षण गराएको हो । टोलीले क्वारेन्टाइनको मापदण्ड सुधार गर्न पनि भनेको छ । उसले क्वारेन्टाइन नैै कोरोना फैलाउने मध्यमजस्तो बनेको