#

राजनीति

एमालेका युवा नेता महेश बस्नेत भक्तपुरबाट सर्वसम्मत सिफारिस

भक्तपुर १९ असोज । नेकपा एमालेका युवा नेता महेश बस्नेत भक्तपुर क्षेत्र नं २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । आज बसेको क्षेत्रको बैठकले बस्नेतलाई सर्वसम्बत सिफारिस गर्ने निर्णय गरेको हो । युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले युवा आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । खास गरेर एमाले पार्टीमा युवाहरुको

कांग्रेसविरुद्ध खनिए ओली, भन्छन्– कांग्रेस कवाडीमा पनि बिक्दैन

घोषणापछि सार्वजनिक मञ्चमा पहिलो पटक प्रस्तुत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस विरुद्ध खनिएका छन् । एमाले ललितपुरद्वारा आयोजित शुभकामना आदान–प्रदान र पार्टी प्रवेश कार्यक्रममा उनले ०४६ को परिवर्तनको शीर्ष नेतृत्व गरेका गणेशमान सिंहले समेत काम छैन भनेर छोडेको कांग्रेस ‘आउटडेटेड’ भइसकेको टिप्पणी गरे । उखान र छेडखानमा माहिर अध्यक्ष ओलीले कांग्रेसलाई ‘बिग्रेको

एमाले बरिष्ठ नेता नेपाल काठमाडौं २ बाट प्रतिनिधिसभाका उम्मेदवार

काठमाडौं । एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यका लागि काठमाडौ क्षेत्र नं २ बाट सर्बसम्मत उम्मदवारका रुपमा शिफारिस भएका छन् । एमाले २ नं निर्वाचन क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले बरिष्ठ नेता नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चार दशकदेखि काठमाडौ क्षेत्र नम्बर २ मा बसोबास गर्दै आएका नेता नेपाल

आगामी चुनावमा पहिचान विरोधीलाई भाटे कारबाही गर्ने गोपाल किराँतीको चेतावनी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किराँतीले आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई भाटे कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका निम्ति तालमेल गरेर अगाडि बढ्ने र चुनावपछि पार्टी एकता गर्ने विषयमा सहमति गरे लगत्तै किराँतीले यस्तो चेतावनी दिएका हुन्। भोजपुरको आम्चोक गाउँपालिका पुगेका किराँतीले बुधबार

एमाले, माओवादी र नयाँ शक्तिबीच तालमेल, सहमतिको पूर्ण पाठ सहित

काठमाडौं : एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी चुनावमा तालेमल गर्ने र लगतै पार्टी एकता गर्नेसहित ६ बुँदे सहमति भएको छ । तीनपार्टीबीच सहकार्य तथा पार्टी एकीकरणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज साँझ राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका संयोजक

एमाले र माओवादीको ५ बजे संयुक्त पत्रकार सम्मेलन, पार्टी एकताको घोषणा हुने

काठमाडौं, १७ असोज । पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन र पार्टी एकताबारे भएको सहमति र प्रगतिबारे जानकारी दिन साँझ ५ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा दुई पार्टीको संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार विभाग

हृदयेश त्रिपाठीसहितका पाँच जना नेताले राजपा छाडे, सूर्य चिन्हबाट निर्वाचनमा सहभागि हुने

राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले राजपा परित्याँग गरी ‘स्वतन्त्र राजनीतिक समुह’ बनाउनु भएको छ । साथै उहाँहरुले एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने निर्णय समेत गर्नुभएको छ ।  एमाले र स्वतन्त्र राजनीतिक समुहबीच सोमबार यस्तो सहमति भएको हो । सहमतिमा एमालेका तर्फबाट

प्रदेश र केन्द्रमा पनि एमाले पहिलो बन्ने

काठमाडौं, १० असोज । स्थानीय तहको निर्वाचनमा पहिलो दल बन्न सफल नेकपा एमालेले प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचनमा पनि पहिलो दल बन्ने गरी पार्टीका सम्पूर्ण संरचना परिचालन गर्ने निर्णय गरेको छ । चुनावी समीक्षा र आगामी कार्यदिशाबारे छलफल गर्न तीन दिनसम्म चलेको बैठकले पार्टीको सिंगो शक्ति मंसिरमा हुने चुनावमा केन्द्रित गर्ने निर्णय गरेको हो ।

डा.शशांक कोइराला नवलपरासीको पूर्वबाट उम्मेदवार बन्दै

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई प्रतिनिधि सभा (संघीय सभा) को निर्वाचनमा नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ । नाम सिफारिस गरिएको क्षेत्रबाट डा कोइराला विसं २०६४ र २०७० को निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो ।   डा कोइरालालाई नै सो क्षेत्रमा निरन्तरताका लागि गाउँ र नगर कार्यसमितिबाट सिफारिस

संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार, एमाले आन्तरिक तयारीमा

तेह्रथुम। दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन्। नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन्। नेकपा (एमाले)लगायत दलले समेत आन्तरिक तयारी थालेका छन्। कांग्रेस र माओवादी केन्द्रले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार चयन गरेका छन्। कांग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री