#

प्रदेश १

झापाको बुद्धशान्तिमा पहिरोले पुरेर १ जनाको मृत्यु, ३ जना घाईते

विर्तामोड। झापाको बुद्धशान्ति गाउँपालिका–७ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाईते भएका छन् । मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको पहिरोमा पुरिएर १५ बर्षीय बिबेक दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घटनामा ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराईली

प्रदेश १ सहित यी स्थानमा भारि वर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ। यसैगरी, हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जारी पूर्वानुमानमा जानकारी दिइएको छ । यसैगरी, शनिबार दिउँसो

रतुवा खोलाले बगाएर बेपत्ता भएका ब्यक्ति मृत फेला

मोरङ। रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका रतुवामाई नगरपालिका ७ का २४ बर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् । गत सोमवार दिउँसो सवाँ ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएर बेपत्ता भएका ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ३ बजे मृत अवस्थामा फेला पारेको

कमलमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

दमक। झापाको कमल गाउँपालिका २ मिलन चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका ३ का ४१ बर्षीय केदारनाथ दाहाल रहेको प्रहरीले जनाएको छ । आज बिहान एघार बजेतिर मिलन चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको

दमकबाट ३२ जनाको स्वाब सङ्कलन

दमक। झापाको दमकबाट आज ३२ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा २४ जना पुरुष र ८ जना महिला छन् । स्वाब सङ्कलन गरिएकामा दमकको मानसरोबर क्वारेन्टाइनका १६ जना, महिला क्वारेन्टाइनका ३ जना, अस्पतालका ७ जना र होम क्वारेन्टाइनका ६ जना छन् । अस्पतालका ७ जनामध्ये ४ जना पुरुष हुन् भने होम क्वारेन्टाइनका ६ जना

कमलका २२ जनाकै रिपोर्ट नेगेटिभ

दमक। झापाको कमल गाउँपालिकाबाट पठाइएका २२ जनाकै स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कमलबाट २० पुरुष र २ महिला गरि २२ जनाको पीसीआर परीक्षणका लागि दुई दिनअघि स्वाव प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो । उनीहरु मध्ये एक जना क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी थिए । अन्य २१ जना क्वारेन्टाइनमा बसेका हुन् । उनीहरुलाई अहिले घर पठाउन

लायन्सकर्मीहरुले एकैदिन रोपे ४ हजार विरुवा

दमक। झापाको दमकमा आज एकै दिन ४ हजार विरुवा रोपिएको छ । दमकका लायन्स क्लबहरुले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा यत्रो संख्यामा विरुवा रोपिएको हो । मेगा ट्री प्लानटेशन नाम दिइएको सो कार्यक्रमा लायन्सकर्मीहरुले दमक ३ मा पर्ने हंसेदुम्से सामुदायीक वन क्षेत्रमा टिक, मसला लगायतका जातका विरुवा रोपेको लायन्स क्लव अफ इष्र्टन लायनका सचिव

दमकमा लकडाउन अवधिको घर भाडा र बैंक तथा सहकारी ब्याज ५० प्रतिशत छुटको माग गर्ने होटल ब्यवसायी सघको निर्णय

दमक/ बिश्व ब्यापि कोभीड़ १९ कोरोना सक्रमणको त्रास र सरकारले लकडाउन घोषणा गरेपछि होटल ब्यवसाय निक्कै कठिन अवस्थामा रहेको छ । होटल व्यबसायी संघ दमकले आज यसको समिक्षा गरेको छ । संघले कोभीड़ १९ कोरोना सक्रमण सँगै सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्ने क्रममा होटल व्यबसायलाई पर्न गएको असरलाई सहज बनाउन दमक नगरपालिकासँग घर

दमकमा पनि नीजि सवारी साधन जोरबिजोर प्रणाली

दमक/ दमक नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै लकडाउनको नयाँ मोडालिटी अनुसार दमकमा पनि नीजि सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने जनाएको छ । यसैगरी मोटरसाइकल तथा साइकलमा एकजनाभन्दा बढि चढ्न पाइने छैन । नगरपालिकाले असार १ गतेदेखि लागु हुने गरी यो सार्वजनिक सूचना जारी गरेको हो । यो भन्दा अघि पास नभएका सवारी साधन

एमसीसी खारेज गर्न माग गर्दै शिव सेनाले सुनसरीमा निकाल्यो राँके जुलुुस

इटहरी।  सुनसरीको इटहरीमा शिव सेना नेपालले राँके जुलुस निकालेको छ । सरकारले राष्ट्रघाती एमसीसी पारीत गर्न लागेको भन्दै शिव सेनाले विरोध गर्नु परेको जनाएको छ । शिव सेना सुनसरीका अध्यक्ष हिरा आचार्य सहित सुरज कँडेल,सुबास घिमिरे लगायतले राँके जुलुसको नेतृत्व गरेका थिए । सयौको संख्यामा निकालिएको राँके जुलुसमा राजा आउँ देश बचाउ सम्मका नारा समेत