#

सामाजिक संघ/ सस्था

रोट्याक्ट क्लब अफ दमकमा ढकाल

दमक,सामाजिक सेवा नेतृत्व बिकास परोपकार भातृत्व लगायतका विविध कार्यक्रमहरु गर्दै आइरहेको रोट्याक्ट क्लब अफ दमकको वर्ष २०२०-२१ का लागि दधिराम ढकाल अध्यक्ष बनेका छन्। बिरोध सुवेदी सस्थापक अध्यक्ष बनेका रोट्याक्ट क्लब अफ दमकको नेतृत्व २०१९-२० मा सुदिप लिम्बूले सम्हालेका थिए।यसै गरि २०२०-२१ को नेतृत्व ढकालले पाएका हुन् ।ढकाल यस सस्थाका सस्थापन सचिव बनेका थिए। स्थापनादेखि

झापाको दमकबाट आज ६० जनाको स्वाव संकलन

दमक। झापाको दमकबाट आज ६० जनाको स्वाव संकलन गरिएको छ । ५० जनाको मात्र स्वाव संकलन गरिने भनिएपनि होम क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरुको समेत स्वाव संकलन गरिएको नगरपालिकका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिनु भयो । वहाँका अनुसार ३७ जना पुरुष र २३ जना महिलाको स्वाव संकलन गरिएको छ । दमकको

झापाको दमकको एक घरमा मानिस आवत जावत गर्न पूर्ण रुपमा रोक

दमक। झापाको दमकको एक घरमा मानिस आवत जावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ । भारतबाट आएर बस्दै गरेको भनि स्थानियले विरोध गरेपछि दमक नगरपालिकाको वडा नम्बर ६ मा पर्ने सो घरमा वडा अध्यक्ष सहितको टोलीले आउन जान पुर्ण रुपमा रोक लगाएको हो । स्थानीय श्रेष्ठ थरको घर भएपनि सो घरमा भारतीय बस्दै आएको र

झापामा कार्यरत एक प्रहरी प्रदेश १ कै उत्कृष्ट प्रहरी घोषित

दमक। झापामा कार्यरत एक प्रहरी जेष्ठ महिनाको प्रदेश एक कै उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।   प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश

छोरी जन्मिए १० हजार रुपैयाँ

जाजरकोट – जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उहाँको घर दैलोमा पुग्नुभयो । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताउनुभयो ।

होटल व्यवसाय धरापमा परेको व्यवसायीहरुको प्रतिक्रिया, सार्वजनिक यातायात संचालन नभएसम्म होटल चल्न नसक्ने भनाई

दमक। कोरोना भाइरसका कारण विश्वभर त्रास कायमै छ । र यही कोरोनाका कारण नेपालमा लकडाउन भएको पनि झण्डै ३ महिना हुनै लागेको छ । देशका व्यापार व्यवसाय ठप्प प्राय छन् । कोरोना संक्रमितको संख्या झन झन बढ्दै गएको छ । सरकारले केहि व्यापार व्यवसाय संचालनमा छुट दिएको छ । र ती संचालन हुँदै आएका छन्

पत्रकार मञ्च दमकले नगरपालिकालाई बुझायो १३ बुँदे मागपत्र

दमक। पत्रकार मञ्च दमकले आज दमक नगरपालिकालाई १३ बुँदे मागपत्र बुझाएको छ । पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, पुर्व अध्यक्ष कृष्ण कार्की, पत्रकारहरु अनिलदेव राई, गीता ढुंगाना, कमन देवान, देशराज नेम्वाङ, उत्तम रिजाल लगायतको उपस्थितिमा गदालले नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई माग पत्र बुझाउनु भएको हो । पत्रमा पत्रकार मञ्च दमकको भवन निर्माणका लागि कम्तिमा

दमकमा भोलिदेखि व्यापार व्यवसाय साँझ ५ बजे सम्म संचालन गर्न पाइने

दमक। झापाको दमकमा भोलिदेखि व्यापार व्यवसाय साँझ ५ बजे सम्म संचालन गर्न पाइने भएको छ । बाणिज्य संघले विज्ञप्ती मार्फत भोलिबाट लागु हुनेगरि सरकारले तोकेका व्यापार व्यवसाय संचालन गर्न साँझ ५ बजे सम्मको समय तोकेको हो । आजसम्म पसलहरु दैनिक विहान ८ बजे देखी दिउँसो २ बजे सम्म मात्र संचालन हुँदै आएका थिए । उसले

मोरङको जीवन बचाउ उपचार सेवा गृहमा झुण्डिएर एक बृद्धले गरे आत्महत्या, आफन्तलाई शव बुझाइयो

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका -७ मा रहेको जीवन बचाउ उपचार सेवा गृहमा झुण्डिएर एक बृद्धले आत्महत्या गरेका छन् । उपचारका लागि हिजो मात्र ल्याईएका झापाको गौरादह नगरपालिका -३ का ६२ वर्षीय अमरबहादुर थापाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । थापाले प्यासेजमा रहेको ढोकामा कपडाको पासो लगाएर आत्महत्या गरेका थिए । आज विहान ५ बजेतिर खबर

झापाको दमक बजार अब बन्द नहुने

दमक। झापाको दमक बजार अब बन्द नहुने भएको छ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको बजार आगामी छठ पर्व सम्मका लागि खुल्ला गरिएको छ । शुक्रबार पनि बजार खुल्ने भएपछि दमकका व्यापारी व्यवसायीहरुलाई केहि राहत भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेपछि बन्द व्यापार व्यवसाय केहि