खेलकुद

दुवै हात नभएका यी व्यक्ति चिउँडोले खेल्छन् स्नूकर, जितिसके थुप्रै पुरस्कार (भिडियो)

जन्मिँदै दुईवटा हात नभएका एक पाकिस्तानी व्यक्तिले चिउँडोले स्नूकर खेल्न सिकेका छन् । पञ्जाब प्रान्तको समुन्द्रीका मुहम्मद इक्रमले स्नूकर खेल्नका लागि विशेष प्रविधि विकसित गरेका हुन् । फैसलाबाद नजिकको समुन्द्रीमा रहेको ब्ल्याक पट स्नूकर क्लबमा इक्रमले सेतो बल चिउँडोले हिर्काएर पसाएको भिडियो सार्वजनिक भएको छ । आफ्नो दुर्लभ क्षमताका कारण इक्रमले अन्तर्राष्ट्रिय ख्याति कमाएका छन्

रियलको अपराजित यात्रामा नवप्रवेशी क्याडिजको ब्रेक, बार्सिलोना पनि पराजित

नवप्रवेशी टाली क्याडिजले डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा स्तब्ध बनाएको छ । एन्थोनी लोजानाले पहिलो हाफको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियलबिरुद्ध क्याडिजले पछिल्लो ३० वर्षमा पहिलो पटक जीत हासिल गरेको हो । जिनेदिन जिदानको टोलीले खेलमा नियन्त्रण कायम गरेपनि विपक्षीको पोष्टमा मात्र दुईवटा प्रहार गर्न सक्यो । लुका

आईपीएल : भिलियर्सको उत्कृष्ट ब्याटिङमा बैंग्लोरले राजस्थानलाई हरायो

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंग्लोरले ३ विकेट गुमाएर दुई बल बाँकी छँदै भेट्टायो । बैंग्लोरको जितमा एबीडी भिलियर्सले उत्कृष्ट ब्याटिङ गरे । टिम धर्मराएको अवस्थामा ब्याटिङमा आएका भिलियर्सले २२ बलमा नटआउट ५५ रन बनाए । १८ औं

एसियाली फुटबल महासङ्घद्वारा नेपाललाई ग्रासरुट्स चार्टर ब्रोन्ज लेभलको सदस्यता प्रदान

काठामाण्डाै – एसियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई ग्रासरुट्स चार्टर ब्रोन्ज लेभलको सदस्यता दिएको छ । ग्रामीण क्षेत्रमा फुटबलको विकासको लागि गरेको कामको कदर गरेर एएफसीले ग्रासरुट्स चार्टर ब्रोन्जको सदस्यता दिएको एन्फाले दाबी गरेको छ । नेपालले यो सदस्यता नेपाली फुटबल इतिहासमै पहिलो पटक पाएको एन्फाले जनाएको छ । यो

कोरोनाबाट संक्रमित भए रोनाल्डो

पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन् । पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । रोनाल्डोको स्वास्थ अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ । फेडेरेशनका अनुसार रोनाल्डो अहिले आइशोलेसनमा छन् । ३५ वर्षका रोनाल्डो इटालियन क्लब युुभेन्टस्बाट व्यवसाहिक फुटबल खेल्छन्

राहुल र रियान चम्किदा राजस्थानले हैदराबादलाई हरायो

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । युवा अलराउन्डर रियान पराग र राहुल टेवाटियाको उत्कृष्ट प्रर्दशनमा राजस्थानले हैदराबादमाथि ५ विकेटले जित दर्ता गराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले

पञ्जाबविरुद्ध हैदराबादको अहिलेसम्मकै ठूलो जीत, तेस्रो स्थानमा उक्लियो

आईपीएलको १३ औँ सिजनको २२ औँ खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेवन पञ्जाबलाई ६९ रनले पराजित गरेको छ । आईपीएलमा पञ्जाबविरुद्ध हैदराबादको यो सबैभन्दा ठूलो जीत हो । यसअघि सन् २०१९ मा हैदराबादले पञ्जाबलाई ४५ रनले पराजित गरेको थिो । दुबईमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै हैदराबादले २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको

रेफ्रीले खेलको अन्तिम सिटी फुकिसकेपछि पनि युनाइटेडले किन पेनाल्टी पायो ?

म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ, तर निकै विवादित परिस्थितमा । ब्राइटनबिरुद्ध ३–२ को संघर्षपूर्ण जीत निकाल्ने क्रममा युनाइटेडले रेफ्रीले खेलको अन्तिम सिटी फुकिसकेपछि पनि पेनाल्टी पायो । जसलाई गोलमा परिणत गर्दै युनाइटेड विजयी बन्यो । आखिर खेल सकिएपछि पनि युनाइटेडले किन पेनाल्टी पायो त ? रेफ्री क्रिस काभानाले खेलको

आजदेखि सञ्चालनमा आयो फुटसल

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने

बार्सा छाडेर सुवारेज एथ्लेटिकोमा

लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् । यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त करार बीचैमा तुहिएको थियो । त्यसपछि सुवारेजले एथ्लेटिकोसँग सम्झौता गरेका थिए । यद्यपि, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उक्त