Tag Archives: #कोरोना

१६७४ जना कोरोना संक्रमित थपिए, २३२३ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर १६७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २१८६३९ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्या २४००९ जना रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३२३ रहेको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर पनि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सरकारले विश्व बैंकबाट नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रवार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै अर्थमन्त्रालयको प्रस्तावलाई स्विकृत गर्दै सरकारले ऋण लिने निर्णय गरेको जनाएका हुन् । यस्तै व्यवसायिकता निरन्तर कर्जा प्रवाह

दक्षिण कोरियामा देशभर कोरोना संक्रमण फैलिन सक्ने चेतावनी

एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमणका २९७ नयाँ बिरामी फेला परेका छन् । मार्चपछि दक्षिण कोरियामा एकैदिन यति धेरै संक्रमितहरु देखिएको पहिलोपटक हो । पछिल्ला दिन संक्रमितहरुको संख्या ह्वात्तै बढ्न सुरु गरेपछि त्यहाँका उपस्वास्थ्यमन्त्री किम गेङ लिपले देशभर संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् । उनले अब ट्रेसिङ र आइसोलेसनले मात्र महामारी रोक्न नसकिने बताएका

बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमित, निको हुनेको कुल संख्या १७ हजार ४९५ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ।

दमक नगरपालिकाका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

दमक। झापाको दमक नगरपालिकाका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ गते पठाइएको ९६ जनाको स्वाबको आज आएको रिपोर्टमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाइ जानकारी दिनुभयो । संक्रमित सबै होम क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित हुनेमा २ महिला

कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

कोरोना भाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ। चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिएका छन्। परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए। फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधी प्रयोग गरिने भएको छ। तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख

काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र

देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् ।  

पछिल्लो २४ घण्टामा ३ सय ६० मा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा मात्र ८७ जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर ३ सय ६० मा कोरोना संक्रमण देखिएको जनाएको छ । बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ६० कोरोना संक्रमित भेटिएको बताएका हुन् । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ । प्रवक्ता डा.