#

Tag Archives: #मौसम

नेपालमा मनसुन शुरु हुन अझ केही दिन लाग्ने, हेर्नुहोस आजको मौसम

नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया नेपालको पूर्वी भू–भागमा आजकै दिन वा जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने भएको छ। हाल देशको

भारतमा ‘निसर्ग’ चक्रवातको त्रास : नेपालमा कस्तो पर्ला असर ?

काठमाडौं, २१ जेठ । केहि समयअघि ‘अम्पुन’ चक्रवातले धेरै धनजनको क्षति पुर्‍याएको भारत फेरि अर्को ‘निसर्ग’ चक्रवातको खतरामा रहेको छ । भारतमा ‘निसर्ग’ चक्रवातको प्रभाव शुरु भइसकेको । कोरोना भाइरस संक्रमणसँग जुधिरहेका बेला आएको ‘अम्पुन’ चक्रवातले भारत र वंगलादेशमा ८० भन्दा बढीको ज्यान लिएको थियो भने करोडौं रुपैंयाँ बराबरको भौतिक सम्पतिमा क्षति पुगेको थियो । अहिले

बिहानैदेखि बदली र वर्षा, दिनभर कस्तो रहला मौसम?

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा सोमबार बिहानैदेखि पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भू–भागमा वर्षा भएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै नेपालको पूर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेकाले मौसम बदली

हेर्नुहोस आजको मौसम, कहाँ कस्तो ?

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमान जारी गर्दै हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पूर्वी भागमा आंशिक बदली र अन्य भागमा मौसम समान्यतया सफा रहेको छ । यसैगरी, पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो पूर्वी भागमा सामान्य बदली, मध्य र पश्चिमी पहाडी भागमा आंशिक

हेर्नुहोस आजको मौसम, कहाँ कहाँ पानि पर्दै छ?

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको जनाएको छ । यसैगरी, अहिले देशका पश्चिमी भु–भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको र बाँकी भु–भागमा