Tag Archives: # साप्ताहिक राशिफल

तपाईँको यो साता (मंसिर ७ देखि १३ गतेसम्मको राशिफल)

मेष- नयाँ लगानीको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ । ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवम यात्रामा झन्झट आउनेछ । खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवम आफन्तसँग भेटघाट मिल्नेछ ।