Tag Archives: #coroana

२४ घण्टामा ८३० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित ११ हजार भन्दा कम

बितेको २४ घण्टामा देशभर ८३० जना संक्रमित थपिएका छन् । पछिल्लो समय परीक्षण दर नै घटेपछि संक्रमित पनि घटेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार १८१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै बितेको २४ घण्टामा १५०० जना निको हुँदा थप ९ जनाको मृत्यु समेत भएको छ । यससँगै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सरकारले विश्व बैंकबाट नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रवार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै अर्थमन्त्रालयको प्रस्तावलाई स्विकृत गर्दै सरकारले ऋण लिने निर्णय गरेको जनाएका हुन् । यस्तै व्यवसायिकता निरन्तर कर्जा प्रवाह

कोरोनाले विश्वभर पाँच करोड बढी संक्रमित

काठमाडौं । विश्वभर कोरोनाले पाँच करोड बढी संक्रमित भएका छन् । बीबीसीमा प्रकाशित एक समाचारअनुसार १२ लाखभन्दा बढीको ज्यान गइसकेको छ । प्रकाशित समाचारकाअनुसार यो संख्या अझै बढ्न सक्छ । किनकि केही देशहरुमा अझै पनि परीक्षण राम्रोसँग भएको छैन । युरोपमा फेरि कोरोनाको हटस्पट बनेको छ । त्यहाँ कोरोना संक्रमण पछिल्ला दिनमा तीव्ररुपमा बढेको छ

कोरोना संक्रमितको आइसोलेशन अनुभव, समस्या र समाधान (अनुभूतिहरु )

झापा । हाल म भर्खरै कोभिड संक्रमित भई निको भएको छु । मलाइ कोरोना संक्रमण भए पश्चात् मैले आफ्नो ब्यक्तिगत स्वास्थ्यको ख्याल राख्नुकासाथै आफू आइसोलेसनमा रहदाको समयलाई पट्यारलाग्दो नहोस भनी ईन्टरनेट मार्फत यस बिसय सम्बन्धी अनुसन्धानहरु अध्ययन गर्न थाले । यसकार्यले मलाइ भाइरस जित्न थप जानकारी र उर्जा समेत मिल्यो । यहि आफ्ना अनुभव र

झापाका ३१ सहित आज प्रदेश १ मा १३४ कोरोना संक्रमित थपिए

विराटनगर, १३ कात्तिक । प्रदेश १ मा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, ते-हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २,

बुटवल कोरोना अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने दुवै जना रुपन्देहीका रहेका छन् । अस्पतालका अनुसार तिलोत्तमा–११ की ५० वर्षीया महिलाको गएराति र बुटवल–१३ का ५२ वर्षीय पुरुषको आज बिहान पचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् । डा.

भारतमा नयाँ वर्षको सुरुवातसम्म कोरोना खोप उपलब्ध हुन सक्ने

काठमाण्डाै – भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्ममा भारतमा कोभिड–१९ (कोरोना भाइरस) को खोप आउन सक्ने सम्भावना अत्यधिक रहेको बताउनुभएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मङ्गलबार भएको एक बैठकमा डा. हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्म भारतमा खोप उपलब्ध हुन सक्ने र एकभन्दा धेरै खोप हुन सक्ने सम्भावना रहेको पनि बताउनुभएको हो ।

हालसम्मकै धेरै ३४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४जना रहेका छन् । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए । सरकारले यसअघि नै

कोरोनाको एन्टिभाइरल औषधि फाभिर–२०० नेपालमै उत्पादन सुरु

काठमाडौं – कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ । विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग गरिरहेको यो औषधि देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन थालेको हो । हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका,

देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ५० हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको