Tag Archives: #corona hospital

मोरंगको नोबेलमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर : कोरोना भाइरस संक्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार राति मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ गते पुरुषलाई अस्पताल भर्ना

२४ घण्टामा ५३ सय ६४ जना डिस्चार्ज, १९ सय ४५ मा संक्रमण, २२ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। बिहीबार मात्रै २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएका थिए। शुक्रबार १९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) देखिएको छ। यो सँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५

थप ३ अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा तोकियो

सरकारले थप ३ वटा अस्पताललाई कोभिड-१९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौँको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड—१९ अस्पतालको रुपमा तोकिएको हो।

लमजुङमा १ सञ्चारकर्मीसहित २ जनामा कोरोना सङ्क्रमण

लमजुङ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए

‘मेची अस्पताललाई कोभिड अस्पताल बनाउन अवरोध गरेको छैन’

झापा। झापाको मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन स्थानीयवासीको अवरोध नभएको स्थानीय नागरिक सरोकार समाजले जनाएको छ। कोभिड अस्पताल नागरिक सरोकार समाज भद्रपुरले पत्रकार सम्मेलन गरी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कोभिड अस्पताल बनाउन सरकारलाई आग्रह गरेको हो। समाजका अध्यक्ष भक्त खवासले झापामा कोरोना संक्रमित बढिरहेको बताउँदै सुरक्षित कोभिड अस्पताल बनाउन ढीला गर्न नहुने बताए।