Tag Archives: #corona negative

थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु

बितेको २४ घण्टामा महिला ३१७ र पुरुष ५०४ जनासहित ८२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै ८४२ जना निको हुनुका साथै १८ जनाको मृत्यु समेत भएको छ । मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ र निको हुनेको संख्या २ लाख

सेती अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

कैलाली, मंसिर २६ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको छ। प्रादेशिक अस्पतालका अनुसार कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो। मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको गएराति मृत्यु भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोनाबाट

नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत, संक्रमितमध्ये ६६.५ प्रतिशत पुरुष

नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१ प्रतिशत रहेको जनाएको छ । यस्तै संक्रमितमध्ये १६३७ अर्थात ०.६७ प्रतिशत निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको कोरोना परीक्षण हुँदा १३८२ जनामा संक्रमण

विश्‍वमा कोरोना : २४ घण्टामा थप पाँच लाखभन्दा बढीलाई संक्रमण

काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ७९ लाख दुई हजार ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। पछिल्लो २४ घण्टामा पाँच लाख एक हजार ७०१ संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ९०६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४९ हजार ६११ पुगेको छ। अहिलेसम्म चार करोड ६९

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

एजेन्सी । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो । भारतमा पछिल्लो २४ घण्टामा थप ४९६ जना कोरोना संक्रमणको कारण मृत्यु

मोरंगको नोबेलमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर : कोरोना भाइरस संक्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार राति मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ गते पुरुषलाई अस्पताल भर्ना

अमेरिकापछि भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित

भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो । भारतमा पछिल्लो २४ घण्टामा थप ४८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका

२४ घण्टामा १३८० संक्रमित थपिए, १९ को मृत्यु

बितेको २४ घण्टामा देशभर १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १९ जनाको मृत्यु समेत भएको छ । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने मृतकको संख्या १४५४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ५१५ निको भएपनि कुल निको

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार गर्दागर्दे आज विहान मृत्यु भएको छ । मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए, १२ सय बढी डिस्चार्ज

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात सय तीन जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । १० हजार चार सय ६० जनाकाे नमुना परीक्षण गर्दा यति