Tag Archives: #Corona virus

हालसम्मकै धेरै ३४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४जना रहेका छन् । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए । सरकारले यसअघि नै

२४ घण्टामा १५७३ कोरोना संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् । यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कारोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोनाभाइरस संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार सप्तरीको राजविराज ३ का पुरुषलाई ज्वरो, खोकी श्वासप्रश्वाशमा कठिनाइ र निमोनियाको लक्षण देखिनुका साथै कोरोनाभाइरसको संक्रमणपुष्टि भएपछि गजेन्द्र नारायणपिसंह

सप्तरीमा एकैपटक ३७ प्रहरीसहित ५३ सङ्क्रमित

जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज सङ्क्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष सङ्क्रमित भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार दुई प्रहरी निरीक्षक, तीन प्रहरी नायब

२४ घण्टामा देशभर १२४६ कोरोना संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५९,५७३ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको

यस्ता नियम पालन गर्नुस्, कोरोनाबाट बच्नुस् !

काठमाडौँ – कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको भएर फर्किएकी एक महिला भने स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ नगर्नु नै कोरोनाबाट जोगिने अन्तिम विकल्प भएको अनुभव सुनाउँछिन् ।

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे

लकडाउन खुकुलो भएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिबार्य भएकोले लकडाउन खुकुलो गर्नुको बिकल्प छैन । हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ । संक्रमितको संख्या बढिरहेको स्थितिमा लकडाउन खुकुलो गर्दैछौं । लकडाउन खुकुलो भएसंगै हामीले कोरोना संक्रमण रोकथामको लागि थप