#

Tag Archives: #covid19

झापामा १ जना सहित गरेर थप १८ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ३७५ पुग्याे

नेपालमा साेमबार साँझ थप १८ जनामा काेराेना पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका ११२ र धनुषाका २ पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। त्यस्तै, खाेटांगकाे हलेसी, दैलेखकाे आठबिस, सुनसरी र झापाका १/१ जनामा पुरुषमा पनि काेराेना संक्रमण देखिएकाे छ। उनीहरुकाे स्वाबकाे परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,भेरी

दमकका ६३ वर्षीय वृद्धले कोरोना जितेर आज घर फर्किए

प्रदेश १ मा थप १ जना कोरोना जितेर घर फर्किएका छन् । कोशी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत झापा दमक-३ का ६२ वर्षीय देउमान मङ्ग्राती कोरोना जितेर घर फर्किएका हुन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई आज डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल

एउटै गाउँपालिकामा ५६ जना कोराना सङ्क्रमित

राँझा । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।