Tag Archives: #manisha

नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

भैरहवा : अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए । मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन्

ट्रेण्डिङ नम्बर वानमा आईएम वीथ मनिषा कोइराला

लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्सा जारी गरिएको निर्णयलाई मनिषा कोइरालाले स्वागत गरेपछि भारतीय सञ्चार माध्यमहरुमा उनको तीव्र आलोचना भइरहेको छ । उनी विरुद्ध बनाइएका सामग्रीहरु भारतीय सञ्चार माध्यमहरुको ट्रेण्डिङमा छ । भारतीय चलचित्र जगतले व्यक्तित्व बनाएकी मनिषाले भारतविरुद्ध नै अभिव्यक्ति दिइएको भनी आलोचना भइरहेको छ । तर, नेपालमा भने उनको समर्थनका सामग्री ट्रेण्डिङमा छ