#

Tag Archives: #nepal map

ट्रेण्डिङ नम्बर वानमा आईएम वीथ मनिषा कोइराला

लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्सा जारी गरिएको निर्णयलाई मनिषा कोइरालाले स्वागत गरेपछि भारतीय सञ्चार माध्यमहरुमा उनको तीव्र आलोचना भइरहेको छ । उनी विरुद्ध बनाइएका सामग्रीहरु भारतीय सञ्चार माध्यमहरुको ट्रेण्डिङमा छ । भारतीय चलचित्र जगतले व्यक्तित्व बनाएकी मनिषाले भारतविरुद्ध नै अभिव्यक्ति दिइएको भनी आलोचना भइरहेको छ । तर, नेपालमा भने उनको समर्थनका सामग्री ट्रेण्डिङमा छ

यस्तो छ लिम्पियाधुरा–लिपुलेकसहितको नयाँ नक्सा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेकी छन् । नयाँ नक्सामा ७५३ स्थानीय तह र देशको भौगोलिक, प्रशासनिक सिमाना छुट्टाइएको छ । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले देशको मानचित्र र मन दुवै बदलिएको बताएकी थिइन् । यसअघि प्रकाशन–चलन चल्तीमा ल्याइएको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपलेक, कालापानीसहितका भू–भाग

हेर्नुहोस् मन्त्रीपरिषद द्वारा स्वीकृत नक्सा

काठमाडौँ — सोमबार मन्त्रिपरिषद्‍ बैठकले नेपालको नयाँ नक्सालाई स्वीकृत गर्‍यो । भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई यो नक्सामा समेटिएको छ । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले आइतबारको मन्त्रिपरिषद्‍मा यो नक्सा प्रस्तुत गरेकी थिइन् । भूमि व्यवस्था मन्त्रालयले यो नक्सा तयार पारेको हो । नक्साको यो तस्बिर मन्त्रिपरिषद्‍ स्रोतबाट कान्तिपुरलाई प्राप्त भएको हो