लकडाउनका बेलामा समेत निस्फिक्री मर्निङवाक निस्कनेहरू सचेत हुनुपर्ने भएको छ। पर्यटकीय सहर पोखरामा कोरोनाबीचमा समेत लकडाउन उल्लंघन गर्दै मानिस मर्निङ वाकमा ठूलो संख्यामा निस्केपछि प्रहरीले सार्वजनिक मुद्दाको चेतावनी दिएको हो।

पोखरा २० भलाम क्षेत्रमा मर्निङ वाकमा पुगेका केही पोखरेलीलाई आइतबार वडा प्रहरी कार्यालय बगरका प्रहरी नायव निरीक्षक चेतनाथ पौडेलले सचेत गराउँदै यस्तो चेतावनी दिए।

बिहान ४ बजे ६ बजेसम्म निस्केका करिब ३ सयमध्ये ७५ जनालाई वडा प्रहरी कार्यालय बगरको टोलीले नियन्त्रणमा लिएर कोरोना भाइरससम्बन्धि सचेतनासहित छाडेको थियो। सबैजनालाई नियन्त्रण लिन नसकिए पनि नियन्त्रण लिएकालाई सचेत गराई छाडिएको प्रहरीले बतायो।

वडा सदस्य भिमप्रसाद बास्तोलाले गाउँमा जथाभावीरुपमा नआउन वडाले सूचना जारी गरे पनि त्यसको उल्लंघन गर्दै मर्निङवाक नाममा मानिसहरू आएपछि प्रहरीलाई खबर गरिएको जनाए ।

यसबीचमा पोखरामा लकडाउन उल्लंघन गर्ने करिब ४ हजार ५ सय जनालाई सचेतना गराइएको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले बताए। कास्कीमा करिब ३ सयभन्दा बढी सवारी पास दुरुपयोग गर्नेमाथि कारबाही भएको छ।

कास्कीमा अनलाइन पास लिने हालसम्म ५४ जना रहेको सहायक सिडियो श्रीनाथ पौडेलले जानकारी दिए। यसबाहेक चैत १८ यता कागजी पास लिने १५ सय छन्। लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah