कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। चिकित्सक तथा अन्वेषकहरु कोरोनाबारे नयाँ तथ्य पत्ता लगाउन लागिपरेका छन्।

यो नयाँ भाइरस भएकाले अहिलेसम्म पूर्ण तथा ठोस जानकारी उपलव्ध नभएकाले औषधि निर्माण र नियन्त्रणमा समस्या भइरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिलेसम्मको अध्ययनअनुसार कोरोनाको संक्रमण भएमा रुघाखोकी, ज्वरो, थकाइ लाग्ने, मांशपेसीको दुखाइ र श्वास प्रश्वासमा समस्या जस्ता लक्षण देखिन्छन्।

तर, वैज्ञानिकहरुले गरिरहेका अध्ययनअनुसार पछिल्लो समय स्वाद थाहा नपाउने, आँखा सुन्निने वा गुलाबी रङ देखिने र खुट्टाको औँलाका छाला रातो हुने तथा घाउ देखिनेजस्ता लक्षणसमेत देखिएको पाइएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पोडोलोजिस्टको अन्तर्राष्ट्रिय संघको रिपोर्टअनुसार कोरोना संक्रमण देखिएका १३ वर्षीय बालकको खुट्टामा ससाना घाउ देखिएको थियो।

इलाटीको अस्पतालका बिरामीमा गरिएको अध्ययनअनुसार २०.५ प्रतिशतको खुट्टाको छालामा समस्या देखिएको थियो।