कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–९ का ४० वर्षीय कोराना संक्रमित पुरुष बुधवार निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत उनी डिस्चार्ज भएपछि घर फर्किएका हुन् ।

सेती प्रादेशिक अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनलाई डिस्चार्ज गरेको जनाएको हो । ११ जनाको समूहमा भारतको उत्तराखण्डबाट कञ्चनपुरको ब्रह्मदेव नाका हुँदै नेपाल प्रवेश गरेका उनलाई चैत १४ गतेदेखि बेदकोट नगरपालिका–९ स्थित कृषि पाइलट फर्मको क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना पुष्टि भएपछि चैत्र २२ गते उपचारको लागि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

यससँगै सेती प्रादेशिक अस्पतालबाट निको हुनेको संख्या ३ पुगेको छ भने २ जना संक्रमित अझै उपचाररत रहेको अस्पतालले जनाएको छ ।

वैशाख ९ गते धनगढी उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनी २९ दिनपछि घर फर्केका हुन् ।

उनी चैत ७ गते दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौंबाट नेपालगञ्ज जहाजमा र त्यसपछि बस, अटोरिक्सा हुँदै चैत ८ गते घर पुगेका थिए ।

दुबईमा पनि बिरामी परेका उनलाई कोरोनाको जस्तै लक्षण देखिएपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको थ्रोट स्वाबको रिपोर्ट चैत १४ गते पोजेटिभ आएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

यसअघि कैलालीकै लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय पुरुष १६ दिनपछि घर फर्किसकेका थिए । भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई वैशाख ७ गते डिस्चार्ज गरिएको थियो ।

सेतीमा अझै २ जना संक्रमित उपचाररत छन् । उपचारपछि घर फर्केका धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिला र लम्कीचुहा नगरपालिका–१ की ६५ वर्षीया महिला अझै उपचाररत रहेको अस्पतालले जनाएको छ ।

उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah