काठमाडौं, २१ बैशाख । थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या ६० पुगेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो । अब कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।
आइतबार नारायणी अस्पतालले उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि गरेको हो ।
जस अन्तर्गत हालसम्म नेपालमा १६ जना कोरोना सक्रमितहरु निको भइसकेको छन्, भने बाँकी सबै उपचाररत रहेका छन् ।



