काठमाडौ/२४ बैशाख

नेपालमा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमित सङ्ख्या ९९ पुगेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका हुन्।

उनका अनुसार सबै सङ्क्रमित पर्सा जिल्लामा फेला परेका हुन्।

अहिले सङ्क्रमण पुष्टि हुनेमा एक दुईमहिने शिशु पनि छन्।