काठमाडौं, ६ जेठ । आज पनि नेपालमा थप २७ जनामा कारोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।

आज थपिएका २७ मा २४ पुरुष र ३ महिला छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २७ संक्रमित थपिएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार आज थपिएका संक्रमितहरुमा झापाका ९ जना, मोरङमा १ जना, सुनसरी १ जना, सर्लाहीमा दुई जना, काठमाडौंमा ३ जना, भक्तपुरमा १ जना, मकवानपुरमा १ जना, रामेछापमा १ जना, सिन्धुलीमा १ जना, ललितपुरमा १ जना, कपिलवस्तुमा ४ जना र नवलपरासीमा १ जना रहेका छन् ।

थपिएका संक्रमितको उमेर १७ देखि ४२ बर्ष रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । योसंगै संक्रमितको संख्या ४ सय २ पुग्दा पुरुषको संख्या ३ सय ४० र महिलाको संख्या ६२ रहेको छ । यस्तै संक्रमित जिल्लाको संख्या ३६ पुगेको छ ।

आज मात्र एक ६२ बर्षीय संक्रमित डिस्चार्ज भएपछि निको हुनेको संख्या ३७ पुगेको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

उहाँले काठमाडौंको कालीमाटी , गोंगबु , भृकुटी मण्डप क्षेत्रमा समूहगतरुपमा नै आरडीटी र पीसीआर परीक्षण गरिएको जानकारी दिदै कालीमाटी क्षेत्रमा गरिएको परीक्षणको सबैको रिपोर्ट नेगेटिभ आए पनि गोंगबु क्षेत्र र भृकुटीमण्डप क्षेत्रको रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो ।

प्रवक्ता देवकोटाले स्वेच्छाले पीसीआर परीक्षण गर्न चाहनेहरुको लागि काठमाडौं उपत्यकाको बिभिन्न मेडिकल सेन्टरमा सशुल्क परीक्षणको व्यवस्था गरिएको जानकारी दिदै यस्ले पनि परीक्षणको तीब्रता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता देवकोटाले मंगलबार दिउँसोसम्मा देशभर पीसीआर विधिबाट कुल ३२ हजार ६ सय ४ जनाको र आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

उहाँले हाल क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ६ सय ३०, आइसोलेसनमा रहनेको संख्या ४ सय ५७ र रेडजोनमा रहनेको संख्या ४ सय १२ रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah