काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका डाक्टरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलोपटक मन्त्रालयअन्तर्गतका डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

सोमबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो। ललितपुर बस्दै आएका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ हुन्। उनी कुनै पनि अस्पतालमा कार्यरत छैनन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि डाक्टरमा भने देखिएको थिएन। मन्त्रालयले उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी सुरु गरेको बताएको छ।