मोरङ — झापा, धनकुटा र धरानमा गरी बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाका ५, धनकुटाका एक र धरानका जनामा संक्रमण पुष्टि भएको हो । यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ ।

प्रदेश १ मा पहिलोपटक गत बैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएको थियो । महिना बित्दा यो प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केचनाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी धरान र धनकुटाका एक–एक जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको मन्त्रिपरिषद कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । पछिल्लोसहित धनकुटामा संक्रमितको संख्या सात पुगेको छ । झापामा संक्रमित १७ जना पुगेका छन् । धरानमा पहिलोपटक एकजनामा संक्रमण पुष्टि भएको हो ।

तीन दिनअघि धनकुटा जिल्ला अस्पतालकी एक नर्समा संक्रमण पुष्टि भएको थियो । उनीसँग सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गर्दा यसअघि पाँचजनामा संक्रमण पुष्टि भएको थियो । धनकुटाबाट ८३ जनाको स्वाब परीक्षणका लागि धरान पुर्‍याइएको थियो । अरुको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ का उदयपुरमा ३३, झापा १२, धनकुटा ७, मोरङ ३, सुनसरी ४, भोजपुर १, र खोटाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।इकान्तिपुर बाट साभार गरिएको/ ईकान्तिपुरमा माधव घिमिरे, देवनारायण साहले ले लेख्नु भएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah