
काठमाडौं । कोरोना संक्रमित देशबाट आएका नागरिकहरुलाई सरकारले १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने गरेको छ । सातै प्रदेशका क्वारेन्टाइनमा बुधबारसम्म २३ हजार २०२ जना रहेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश ५ को क्वारेन्टाइनमा छन् । प्रदेश ५ मा १४ हजार २ सय ६२ जना रहेका छन् ।
सबैभन्दा कम बागमती प्रदेशमा रहेका छन् । जहाँ ३ सय ५३ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रदेश १ को क्वारेन्टाइनमा एक हजार ३०४ जना रहेको बताए ।
“प्रदेश २ मा आज चार हजार १ सय ४४ जना रहेका छन्,” उनले भने,“गण्डकी प्रदेशको स्थापना गरेको क्वारेन्टाइनमा ४ सय ६६ जना रहेका छन् ।”
त्यसैगरी, मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कर्णाली प्रदेशको क्वारेन्टाइनमा सात सय ६४ जना रहेको छन् । सुदूरपश्चिम प्रदेशले स्थापना गरेको क्वारेन्टाइनमा १ हजार ९०९ जना रहेको उनले जानकारी दिए । बाह्रखरी बाट साभार



