जेठ ११ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ८०० पुगेको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्र ४ हजार १८३ जनाको मृत्यु भएको छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ९८ हजार ६८३ पुगेको छ । बेलायतमा ३६ हजार ६७५, इटालीमा ३२ हजार ७३५, स्पेनमा २८ हजार ६७८, फ्रान्समा २८ हजार ३३२, ब्राजिलमा २२ हजार १३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बेल्जियममा ९ हजार २३७, जर्मनीमा ८ हजार ३६६, इरानमा ७ हजार ३५९, मेक्सिकोमा ७ हजार १७९, क्यानाडामा ६ हजार ३५५, नेदरल्यान्ड्समा ५ हजार ८११, चाइनामा ४ हजार ६३४, टर्कीमा ४ हजार ३०८, स्विडेनमा ३ हजार ९९२, इन्डियामा ३ हजार ८६८, रसियामा ३ हजार ३८८ र पेरुमा ३ हजार ३७३ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । तीन साताअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, पाँच दिनयताको तथ्याड्ढ हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८७ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या १३ प्रतिशतमा झरेको छ । चार दिनअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । त्यस्तै, दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय