
काठमाडौं । विश्वभर को’रोना भा’इरसको सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या बिहीबार बिहानसम्म ३ लाख ५७ हजार ४ सय २५ पुगेको छ । विश्वभर २९ लाख ३३ हजार ७ सय ६४ संक्रमित कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् ।संक्रमित मध्ये ५२ हजार ९ सय ७५ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार विश्वभर अहिलेसम्म ५७ लाख ८८ हजार ७ सय ८२ जनालाई को’रोना लागि सकेको छ । त्यसमध्ये २४ लाख ९७ हजार ५ सय ९३ जना को’रोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् ।
को’रोना भा’इरसले पछिल्लो समय विश्वकै शक्तिशाली राष्ट्र अमेरिकालाई बढी सताएको छ । अमेरिकामा को’रोनाबाट मृ’त्यु हुनेको संख्या १ लाख २ हजार १ सय ७ जनाको मृ’त्यु भएको छ । त्यहाँ अझै ११ लाख ५३ हजार ५ सय ६६ जना सं’क्रमित छन् । संक्रमित मध्ये १७ हजार १ सय ६६ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा अहिलेसम्म १७ लाख ४५ हजार ८ सय ३ जनालाई को’रोना लागि सकेको छ । त्यस मध्ये ४ लाख ९) हजार १ सय ३० जना भने कोरोना मुक्त भएका छन् । त्यसैगरी को’रोनाबाट दोस्रो धेरै मृ’त्यु बेलायतमा भएको छ । बेलायतमा को’रोनाबाट जीवन गुमाउनेको संख्या ३७ हजार ४ सय नाघेको छ । त्यहाँ २ लाख ६७ हजार २ सय भन्दा बढी संक्रमित छन् । को’रोनाले अहिलेसम्म इटालीमा ३३ हजार स्पेनमा २७ हजार १ सय फ्रान्समा २८ हजार ५ सय, रुसमा ३ हजार ९ सय जनाको मृ’त्यु भइसकेको छ ।छिमेकी मुलुक भारतमा को’रोनाबाट ४ हजार ५ सय ३४ जनाले जीवन गुमाएका छन् । भारतमा अहिलेसम्म १ लाख ५८ हजारलाई को’रोना लागि सकेको छ । त्यसमध्ये ६७ हजार ७ सय ४९ जना भने कोरोना मुक्त भएका छन् ।



