काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका हुन्।

जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको पीसीआर परीक्षणको पोजिटिभ रिपोर्ट बिहीबार आएको मन्त्रालयका प्रवक्ता देवकोटाको भनाइ छ। उनको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रवक्ता देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् । यसअघि नै पाँच जनाको मृत्यु भइसकेको छ ।

शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्। योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ। मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ।

साभार: अन्नपूर्ण पोष्ट