कपिलवस्तु जिल्लाका थप ५ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्। सोमबार बिहान कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

उनीहरू रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत् रहेका कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार पनि कपिलवस्तुका तीन जनाले कोरोना जितेर बुटवल स्थित कोरोना आइसोलेसन अस्पतालबाट घर फर्किएका थिए।

यससँगै कपिलवस्तुमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ पुगेको छ। कुल २ सय ७० संक्रमित रहेको कपिलवस्तुमा अब २ सय ४७ जना विभिन्न आइसोलेसन अस्पतालमा रहेको थापाले जानकारी दिए।