काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर पछिल्ला दिनमा बढ्दै गएको छ। पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मंगलबार संक्रमण पुष्टि भएकामध्ये २७० पुरुष र १८ जना महिला छन्। सोमबार मात्र २३९ जनामा कोरोना पुष्टि भएको थियो।

मंगलबार पीसीआर विधिबाट ७५ हजार तीन सय ४३ र आरडीटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय ४० र आरडीटी विधिबाट दुई हजार पाँच सय ८० जनाको नमुना परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार अहिले १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

कोरोना जित्नेको संख्या २६६ पुग्यो
मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ। मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन्। जिस्चार्ज हुनेमध्ये २१२ पुरुष र ५४ जना महिला रहेका छन्। एक लाख ४५ हजार बढी क्वारेन्टाइनमा छन्।

साभार : अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah