कोेरोनाभाइरसविरुद्धको लडाइँमा अहिले अनेकौं देशहरू खोप बनाउन लागिपरेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालय त्यसमा अरूभन्दा अघि देखिएको छ । विश्वविद्यालयले गरेको खोपको परीक्षण दोस्रो चरणमा पुगेको छ । विश्वविद्यालयले बनाउने सम्भावित खोपको आपूर्तिका लागि बेलायती र स्विडिश स्वामित्वको कम्पनी आस्ट्राजेनेकाले भारतको सेरम इन्स्टिच्युटसँग सहकार्य गर्न लागेको छ । यी दुई संस्था मिलेर कोरोनाविरुद्धको खोप कम आय भएका गरीब मुलुकमा बाँड्नेछन् । सन् २०२० को अन्त्यसम्ममा ४० करोड खोप आपूर्ति गर्ने लक्ष्य छ ।

अक्सफोर्ड विश्वविद्यालयले एजेडडी१२२२ नामक खोपको दोस्रो तथा तेस्रो चरणको परीक्षणको घोषणा गरेको छ । त्यसमा १० हजार वयस्कहरूलाई समावेश गरिनेछ । अनेकौं देशमा बाँकी परीक्षण गरिनेछ । ब्राजिलले अक्सफोर्डको कोरोना खोपको क्लिनिकल परीक्षण स्वीकृत गरेको छ ।

बेलायती औषधि कम्पनी नयाँ खोपको निर्माण र वितरणमा सहायता दिने संस्था सेपी र गवीसँग ७५० मिलियन डलरको सम्झौतामा पुगिसकेको छ । यसमार्फत सम्भावित खोपका ३० करोड डोज बिक्रीवितरण गरिनेछ । खोप वितरण सन् २०२० को अन्त्यसम्ममा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah