दाङ – कोरोना भाइरसको पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका दाङ घोराही उपमहानगरपालिकाका १७ जनामा कोरोना पोजिटिभ देखिएपछि स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । घोराही उपमहानगरपालिका १७ को चौघेरा क्वरेण्टीनमा बसेका वडा १३ र वडा नम्बर १७ को प्रावि क्वाडीमा बसेका चार जनामा कोरोना पोजिटिभ भेटिएपछि वडा अध्यक्षले गल्ती गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

घोराही उपमहानगरपालिका १७ को चौघेरा क्वरेण्टीनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो । तर उनीहरूमध्ये १३ जनाको रिपोर्ट पोजिटिभ आएको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेका हुन् । चौघेरा क्वरेण्टीनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पीसीआर टेस्टको लागि स्वाब सङ्कलन गरिएको थियो । त्यसको दोस्रो दिन जेठ २२ गते ६ जनाकाे आरडीटी परीक्षण गरेर घर पठाइयो ।

थप १६ जनाको स्वाब सङ्कलन गर्दा एक हप्तासम्म पनि रिपोर्ट नआएपछि जेठ २८ गते घर पठाइयो । तिनैमध्येका १३ जनामा आइतबार रिपोर्ट पोजिटिभ आएको थियो । रिपोर्ट पोजिटिभ आएकाहरू जेठ ७, ८ र ९ गते भारतबाट आएका थिए । त्यसैगरी वडा नम्बर १७ को प्रावि क्वाडीबाट घर पठाइएका थप चार जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकाहरूलाई आइतबार रातभर खोजी गरी घोराही १० को अम्राईको आइसोलेशनमा पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा आइतबार नै घर पठाइएका १७ जनामा सङ्क्रमण पुष्टि भए पनि सार्वजनिक गरिएको छैन ।

तर वडा कार्यालयलाई उनीहरुको व्यवस्थापनको लागि आइतबार नै जानकारी दिएपछि वडा सदस्यले आइतबार रातभर खोजी गरी उनीहरूलाई आइसोलेशनमा पठाएका छन् । वडाध्यक्ष खुशीराम चौधरीले कसैसँग समन्वय नै नगरि एकल निर्णयकाे आधारमा उनीहरूलाई घर पठाउँदा अहिले आएर समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।उज्यालो बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah