बिराज रोस्यारा

कैलाली । सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एकै दिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा शुक्रवार ९८ जना संक्रमितलाई डिस्चार्ज गरिएको जानकारी दिएको हो ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले डोटी जिल्लाका अस्पतालबाट ४९ र डडेल्धुरा जिल्लाका अस्पतालबाट ४९ गरी ९८ जनालाई डिस्चार्ज गरीएको बताउनुभयो ।

उहाँका अनुसार शुक्रवार ९८ जनालाई डिस्चार्ज गरिएसंगै अस्पतालबाट डिस्चार्ज हुने संक्रतिमको सङख्या ३ सय ४२ पुगेको छ ।

डोटीका ८७, डडेल्धुराका ८४, कैलालीका ६४, अछाम, दार्चुला र कञ्चनपुरका १२/१२, बैतडीका ६, बझाङ र बाजुराका दुई/दुई जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

अस्पतालबाट डिस्चार्ज भएका अधिकासंले कोरोना जितेका छैनन् । उनीहरुलाई केही दिन अस्पतालमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै अस्पतालबाट डिस्चार्ज गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ईमेज खबर बाट