काठमाण्डाै – शनिबार थप ७० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । शनिबार थपिएकासहित सङ्क्रमितकाे कुल सङ्ख्या १६ हजार सात सय १९ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

विभिन्न अस्पतालका आइसोलेशनमा आठ हजार दुई सय ३९ जना सङ्क्रमितकाे उपचार भइरहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे । शनिबारमात्र चार सय ३१ जना डिस्चार्भ भएसँगै सङ्क्रमणमुक्त भएर घर फर्किनेकाे सङ्ख्या आठ हजार चार सय ४२ पुगेकाे छ ।

पछिल्ला आठ दिनमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो । २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते एक सय आठ जना, २६ गते एक सय १८ जना र शनिबार ७० जनामा मात्रै कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय