काठमाडौं- मंगलबार थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

योसहित नेपालमा हालसम्म १० हजार ३ सय २८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ५३ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबार ४ हजार ३६१ जनाको कोरोनाको परीक्षण भएको र हाल २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल ६ हजार ६ सय ९५ जनाको कोरोना उपचार भइरहेको छ।

हालसम्म नेपालमा ३८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah