दमक÷ झापाको दमक नगरपालिकाबाट आज ६५ जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएका स्वाब परीक्षणका लागि भोलि विराटनगर पठाइँदै छ । आज साँझ स्वाब सङ्कलन गरिए पनि पीसीआर परीक्षणका लागि भोलि पठाउने नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
स्वाब संकलन गरिएकामा ५५ जना पुरmष र १० जना महिला रहेका छन् । जसमा मानसरोबर क्वारेन्टाइका २९ जना, महिला क्वारेन्टाइनका ३ जना, पाथिभरा होटलको क्वारेन्टाइनका १२ जना, होम क्वारेन्टाइनका १९ जना र बिरामी २ जना रहेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । दमकमा अहिलेसम्म १० जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि ८ जनाले कोरोना जितिसकेका छन् ।



