दमक÷ झापाको शिवसताक्षी नगरपालिकाका २ जनाले कोरोना जितेका छन् । कोरानो भाइरस सङ्क्रमण भइ उपचारका लागि कोभिड अस्पताल भर्ना भइ उपचाररत रहेका २ जना आज कोरोना जितेर घर फर्किएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार कोरोना जितेर घर फर्किनेमा शिवसताक्षी–६ का २९ वर्षीय पुरmष र शिवसताक्षी–११ का ४३ वर्षीय पुरmष छन् । २९ वर्षीय पुरmष कतारबाट आएका हुन् भने अर्का भारतको दिल्लीबाट आएका हुन् । योसँगै शिवसताक्षीका ५ सङ्क्रमितमध्ये कोरोना जित्नेको संख्या ४ पुगेको छ ।
झापाकै गौरादह नगरपालिकामा शुक्रबार क्वारेन्टाइनमा १६ जना थपिएका छन् । उनीहरुसँगै गौरादहको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ७१ छ । जसमा गौरादहको जमाविमा १८ जना, जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा १९ जना र अमर माविको क्वारेन्टाइनमा ३४ जना रहेको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, दमक नगरपालिकाको क्वारेन्टाइनमा ४ महिला र ३४ पुरmष गरी ३८ जना रहेको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।



