दमक। झापाको दमकबाट पठाइएका ६५ जनाकै स्वाबको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएकामा ५५ जना परुष र १० जना महिला रहेका छन् । जसमा मानसरोबर क्वारेन्टाइका २९ जना, महिला क्वारेन्टाइनका ३ जना, पाथिभरा होटल क्वारेन्टाइनका १२ जना, होम क्वारेन्टाइनका १९ जना र बिरामी २ जना छन् ।
रिपोर्ट नेगेटिभ आएसँगै मानसरोबर क्वारेन्टाइनका २९ पुरुष र महिला क्वारेन्टाइनका ३ महिला गरी क्वारेन्टाइनका ३२ जनालाई आज नै घर पठाइएको पनि दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुवेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । अहिले सम्म दमकका १० जनामा कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये ८ जनाले कोरोना जितिसकेका छन् ।



