दमक। झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत असार २९ गते स्वाब संकलन गरि पठाइएको मेचीनगर नगरपालिकाका २१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
उनीसँगै अन्य २३ जनाको स्वाब संकलन गरी पठाइएकोमा यसअघि नै २२ जनाको रिपोर्ट आइसकेको छ । उनी गत असार १३ गते भारबाट आएर मेचीनगरको देवी माविको क्वारेन्टाइनमा बस्दै गरेको नगरपालिकको उप–प्रमुख मीना पोखरेल उप्रेतीले सवाल नेपाललाई जानकारी दिनुभयो । वहाँका अनुसार उनी मेचीनगर–१ का हुन् । योसँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ सय १३ पुगेको छ ।



