दमक। झापामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापाको शिवसताक्षी नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी यहि श्रावण ५ गते बहराइनबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।
उनी वडा नम्बर २ का ३९ वर्षीय पुरुष भएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो । ५४ जनाको पीसीआर परीक्षणको रिपोर्टमा एक जनामा मात्र पोटेजिभ देखिएको पनि अधिकारीले जानकारी दिनुभयो । योसँगै शिवसताक्षीमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यद्यपी ४ जनाले कोरोना जितिसकेका छन् ।
शिवसताक्षीबाट १३ महिला र ४१ पुरुषको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई कोभिड अस्पताल पठाउने तयारी भइरहेको पनि अधिकारीले जानकारी दिनुभएको छ । योसँगै झापामा कोरोना संक्रमण हुनेको संख्या ३ सय १९ पुगेको छ ।



