काठमाण्डाै – बेलायतका विशेषज्ञहरुले मोटोपना र कोरोना भाइरससँगको सम्बन्धको बारेमा नयाँ खुलासा गरेका छन् । उनीहरुका अनुसार धेरै तौल भएका व्यक्ति कोरोना भाइरसको सङ्क्रमणबाट गम्भीर बिरामी हुन सक्ने र उनीहरुको मृत्यु हुने आशङ्का पनि धेरै हुन्छ ।

बेलायत स्वास्थ्य विभागको एक्जिक्युटिभ एजेन्सी पब्लिक हेल्थ इङ्ग्ल्याण्डले एक तथ्यका आधारमा यस्तो खुलासा गरेको हो । धेरै तौल भएका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण भएमा उनीहरुलाई अस्पतालमा भर्ना गर्न र आईसीयू कक्षको आवश्यकता धेरै हुन्छ ।

विशेषज्ञका अनुसार तौल बढ्दै जाँदा यो खतरा पनि बढ्दै जान्छ । पब्लिक हेल्थ इङ्ग्ल्याण्डका चिफ न्युट्रिशियनिस्ट डाक्टर एलिसन टेडस्टोनका अनुसार धेरै तौल भएका व्यक्तिमा कोभिड–१९ का साथै गम्भीर बिरामी र मृत्यु हुने खतरा पनि धेरै हुन्छ ।

उनी भन्छिन्, ‘तौल कम गर्दा स्वास्थ्यमा पनि धेरै फाइदा हुन्छ, यसो गर्दा कोभिड–१९ को खतरा पनि कम हुन्छ ।’ बेलायत सरकारले मोटोपना कम गर्ने अनुमानित घोषणाको ठिक अघि पब्लिक हेल्थ इङ्ग्ल्याण्डको तर्फबाट यो जानकारी सार्वजनिक भएको हो ।

युरोपेली देशमा बेलायत सबैभन्दा धेरै तौल भएका व्यक्तिको देश हो । इङ्ग्ल्याण्डका वयस्कमध्ये दुई तिहाइ मानिस या त मोटा हुन्छन् या उनीहरुको तौल धेरै हुन्छ । यही अवस्था वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डको पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah