ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए ।

आइसीयूमा उपचाररत ती महिलाको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर शर्माले बताए । संक्रमित महिलालाई निमोनियाको समस्या रहेको डाक्टर शर्माको भनाइ छ ।

स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको थियो । आजै सेनाले मृतकको शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय