काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
आज (शुक्रबार) काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संक्रमितको ठेगाना सरकारले खुलाएको छैन । नेपालमा आज थपिएका २२४ जना संक्रमितमध्ये ३८ जना काठमाडौं उपत्यकाका भएको मन्त्रालयले जानकारी दिएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ जना पुगेको छ । शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ । नया पेज बाट साभार



