दमक। मंगलबार झापाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा दमक नगरपालिकाका २, गौरीगञ्ज गाउँपालिकाका २, कचनकवल गाउँपालिकाका ३ र भद्रपुर नगरपालिकाका एक जना छन् । दमकका संक्रमित २ जना पुरुषमा एक जना वडा नम्बर ५ का र एक जना वडा नम्बर १ का हुन् । वडा नम्बर ५ का ३७ वर्षीय पुरुष हुन भने वडा नम्बर १ का ४३ वर्षीय पुरुष हुन् ।

योसँगै दमकका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपी दमकका १० जनाले कोरोना जितिसकेका छन् । त्यस्तै गौरीगञ्ज गाउँपालिकामा संक्रमित हुनेमा वडा नं. ५ का २२ र ४४ बर्षका दुई पुरुष भएको गौरीगंजको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । साउन १८ गते भारतबाट आएका उनीहरूलाई गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित प्राथिमक स्वास्थ्य केन्द्रको नव निर्मित भवनको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ३४ जनाको स्वाब संकलन गरी पठाएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरुलाई उपचारका लागि मेची अस्पताल भद्रपुरको आइसोलेसन सेन्टर पठाइएको छ । त्यस्तै कचनकवल गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २०, २६ र ३० बर्षीय पुरुष छन् । कचनकवलबाट २८ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएकोमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका प्रमुख अन्जर आलमले जानकारी दिए ।

उनीहरुलाई उपचारको लागि मेची अस्पतालको आइसोलेसनमा पठाइएको पनि प्रमुख आलमले जानकारी दिए । त्यस्तै भद्रपुर नगरपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी वडा नम्बर ८ का ४० वर्षीय पुरुष हुन् । उनी गत १२ गते काँकडभिट्टा नाका हुँदै आएर होम क्वारेन्टाइमा बस्दै आएका थिए । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah